टाटाका ठूला र साना कमर्शिय गाडीको सर्भिसमा छुटैछुट

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदीले होलीको अवसर पारेर ‘होली सर्भिस क्याम्प’ संचालन गर्ने भएको छ । कम्पनीले फागुन २५ गतेदेखि २९ गते होलीको दिनसम्म उक्त सर्भिस क्याम्प संचालन गर्न लागेको हो ।

टाटाका ठूला र साना कमर्शियल गाडीहरुको लागि चलेको सर्भिस क्याम्पमा फिल्टरहरुको खरिदमा २२ प्रतिशत र टाटा जेन्युइन लुब्रिकेन्टमा २५ प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरीमा गाडीमा लाग्ने जेन्यूइन पाट्सहरुमा १८ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका अलावा सर्भिस प्याकेजमा दर्ता भएमा एक वर्षसम्म जेन्यूइन पाट्सहरुमा २० प्रतिशत छुट, लुब्रिकेन्टमा २२ प्रतिशत छुट, अन्य पाट्समा १५ प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।

सिप्रदीले यस सर्भिस क्याम्पको दौरान इन्जिन, गियरबक्स, क्राउन ओभरहल र डेन्टपेन्टको काम गराउँदा आकर्षक टिसर्ट उपहार पाउने छन् । साथै, प्रत्येक दिन भाग्यशाली विजेताको लागि स्मार्ट वाच जित्ने सुवर्ण अवसर प्राप्त हुने कम्पनीको भनाइ छ ।


Back_to_top