कारमा हुने फिचर भएको स्कुटर, मूल्य १ लाख २० हजार भारतीय रुपैयाँ

काठमाडौं । भारतीय प्रिमियम इलेक्ट्रीक दुई पाङ्ग्रे अल्ट्रा भोइलेटले आफ्नो पहिलो स्कुटर प्रदर्शन गरेको छ । कम्पनीले हालै भारतको बैंगलोरमा आयोजना गरिएको एक कार्यक्रममा पहिलो पर्फमेन्स स्कुटर देखाएको हो ।

कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ (एक्स सोरुम) मूल्य तोकेर अल्टाभोइलेट ‘टेसेरेक्ट’ सार्वजनिक गरेको हो । तर, पहिलो १० हजार ग्राहकलाई १ लाख २० हजार रुपैयाँमै दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्कुटरमा कारमा हुने फिचरहरू दिइएको छ । यसको डिजाइन कमब्याट हेलिकप्टरबाट प्रेरित छ । विग साइज देखिने यो स्कुटरमा ३४ लिटरको अन्डर सिट स्टोरेज क्षमता दिइएको छ ।

फिचर लोडेड यो स्कुटरको अगाडि पछाडि नै राडार दिइएको छ । यसमा कारमा जस्तै ब्लाइण्ड स्पट डिटेक्सन, ओभरटेक अर्लट, ड्यासक्याम, ७ इन्च टीएफटी डिस्प्ले, नेभिगेशन, फ्लोटिङ डिआरएल, डबल एलइडी प्रोजेक्टर, वायरलेस स्मार्टफोन चार्जर, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।

यसमा १५ किलोवाट क्षमतको मोटर दिइएको छ । यसको टप स्पीड १२५ किलोमिटर प्रतिघन्टा छ । यसले ०–६० को स्पीड मात्र २.९ सेकेन्डमा पुरा गर्छ । यो स्कुटरलाई एक पटकको फुल चार्जमा २६१ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ ।


Back_to_top