काठमाडौंमा देखियो बीवाइडी सिगल
काठमाडौं । बीवाइडीको सबैभन्दा सस्तो कार सिगल काठमाडौंमा देखिएको छ । काठमाडौंको नक्साल शोरुममा सिगल ह्याचव्याक देएिको हो ।
करिब तीन महिना अगाडि नै नेपाल प्रबेश गरेको सिगललाई काठमाडौंको शोरुमै देखाएले अब चाँडै बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौंमा देखिएको सिगल कति किलोवाट क्षमताको मोटर छ, एकिन जानकारी कम्पनीले दिएको छैन । तर, यसमा ४९ किलोवाटको मोटर उपलब्ध हुन सक्ने अनुमान गर्न सकिन्छ ।
चीनमा दुई ब्याट्री अप्सनमा उपलब्ध सिगलमा भएको ब्याट्री पनि कुन नेपाल आएको हो जानकारी प्राप्त छैन । यहि सेग्मेन्टमा रहेका टियागो, विंगो, नामी लगायत मोडल हेर्दा सिगल पनि ३० किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ ।

