निसानको प्रिमियम इलेक्ट्रीक कार तयार

काठमाडौं । जापानी ब्राण्ड निसानले प्रिमियम इलेक्ट्रीक कार एन-७ तयार पारेको छ । कम्पनीले डोङफेङसँग मिलेर तयार पारेको एन–७ चिनियाँ डिलर नेटवर्कमा पुगिसकेको हो ।

निसान एन-७ को लम्बाइ ५ मिटर लामो छ । ठ्याक्कै टप भेरियन्टमा २०० किलोवाट आवरको मोटर उपलब्ध सेडान कारमा फ्रेमलेस ढोका, अंग्रेजी सात अंकको आकारमा तयार भएको लाइट, पातलो साइजमा दिइएको डे टाइम रनिङ लाइट, मल्टी स्पोक ह्वील, फ्लस टाइप ढोर ह्याण्डल पाउन सकिन्छ ।

एन-७ सेडान कारमा निकै फराकिला स्पोर्टी सिट, टु स्पोक स्टेरिङ ह्वील, फ्लोटीङ टच स्कृन, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जिङ, पप-अप स्पीकर, एम्बीयन्ट लाइट पाउन सकिन्छ । साथै, क्वालकमको स्न्याप ड्रागन ८२९३ पी चीप दिइएको कारमा डिपसिक-आर१ इन्टेलिजेन्ट सफ्टवयर प्रयोग भएको छ ।

डोङफेङ र सनवाडा मिलेर बनाएको ब्याट्री प्रयोग भएको कारमा कुन साइजको ब्याट्री दिइएको छ भन्ने जानकारी प्राप्त भएको छैन । कम्पनीले यसलाई १६० किलोवाटको मोटरमा पनि बिक्री गर्ने जनाएको छ । प्रिमियम सेडान कारमा १७ र १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।


Back_to_top