लग्जरी ट्याक्सीकाे भाडा कति ?

काठमाडौं । अब सार्वजनिक सवारीको रुपमा संचालन हुने ट्याक्सी तीन वर्गका हुने भएका छन् ।

यातायात व्यवस्था विभागले तयार पारेको ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड, २०८०’ को मस्यौदामा तीन वर्गका ट्याक्सी संचालन गर्न पाइने व्यवस्था गरिएको हो ।

प्रस्तावित मस्यौदा अनुसार सुविधाका आधारमा ट्याक्सीलाई साधारण, विशेष (डिलक्स) र विशिष्ट (लग्जरी) गरी तीन वर्गमा वर्गीकरण गरिएको छ ।

साधारण वर्गको ट्याक्सीको भाडादर नेपाल सरकारले तोके अनुसार हुनेछ । विशेष ट्याक्सीको भाडा साधारणकोभन्दा २० प्रतिशत र विशिष्टको साधारणकोभन्दा १०० प्रतिशत धेरै हुने मस्यौदमा उल्लेख गरिएको छ ।


Back_to_top