काठमाडौं । निसान मोटर इन्डियाले सन् २०२५ भित्रै भारतीय बजारमा सेभेन सिटर एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय प्रोडक्ट पोर्टफोलियोको प्रोडक्ट लाइनअपमा नयाँ सेभेन सिटर थप्ने घोषणा गरेको हो ।
निसानले यसअघि सन् २०२५ वर्ष भित्रै फाइभ सिटर सी सेग्मेन्ट एसयूभी ल्याउने घोषणा गरिसकेको थियो । कम्पनीले हालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शन समेत गरेको थियो ।
निसानले यसै वर्ष भित्र सार्वजनिक गर्ने दुई कम्प्याक्ट एसयुभी (फाइभ र सेभेन सिटर) नयाँ निसान म्याग्नाइट र निसान एक्स-ट्रेलको लाइनअपमा थपिने माेडल हो ।
निसानको नयाँ सेभेन सिटर बी-एमपीभीको पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट अफेन्सिभ’ रणनीति सुरू भएको छ । आफ्नो ब्राण्ड न्यू मोडल कम्पनीले सन् २०२५ भित्रै सार्वजनिक गरिसक्ने बताएको छ ।
नयाँ निसान सेभेन सिटर एसयूभीमा सी आकार (सी सेप्ड)को बोल्ड ग्रिल डिजाइन र मस्कुलर फिचर रहने छन् ।
त्यस्तै, निसानको नयाँ फाइभ सिटर सी एसयूभीको एक्सटेरियर डिजाइन नयाँ निसान पट्रोलबाट प्रेरित रहेको छ । जुन भारतमा सबैभन्दा प्रतिस्पर्धात्मक र तीव्र गतिमा बढ्दै गरेको सेगमेन्ट हो । यो गाडी कम्पनीले सन् २०२६ को सुरुमै सार्वजनिक गर्नेछ ।
निसानले ग्राहको बढ्दो आकांक्ष र माग अनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी नयाँ मोडल ल्याउन लागेको हो ।
कम्पनीले यसअघि भारतीय बजारमा बी/सी र डी सेग्मेन्टका ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने बताएको थियो । नयाँ सी एसयूभी, निसान पट्रोलको डिजाइनबाट प्रेरित छ । यसमा प्रिमियम र अत्याधुनिक प्रविधि उपलब्ध गरिने कम्पनीले जनाएको छ ।
निसानको लाइनअपमा रहेका सेभेन सिटर र फाइभ सिटर एसयूभी नेपाल समेत आउने छन् । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइनअप सार्वजनिक गर्ने घोषणा गरेको हो ।

