एकपटक हाइड्रोजन भरेपछि ७०० किलोमिटर ढुक्क हुने ‘नेक्सो’

काठमाडौं । हुन्डाई मोटर्सले आफ्नो हाइड्रोजन फ्युलसेल एसयूभी नेक्सोको नयाँ जेनेरेशन मोडल ल्याएको छ । कम्पनीले ल्याएको नयाँ नेक्सोमा ६.६९ केजी हाइड्रोजन हाल्न सकिन्छ ।

उक्त हाइड्रोजनले नेक्सो एसयूभी ७०० किलोमिटर गुड्ने हुन्डाईले जनाएको छ । हुन्डाई नेक्सोमा हाइड्रोजन भर्न केबल ५ मिनेट लाग्ने छ ।

हुन्डाई मोटर्सले सन् २०१८ मा पहिलो पटक सार्वजनिक गरेको पहिलो जेनेरेशन नेक्सोभन्दा अहिलेको नयाँ मोडल निकै सुधार भएर आएको छ । कम्पनीले नयाँ नेक्सो पहिलेभन्दा विल्कुलै फरक डिजाइनमा ल्याएको हो ।

कम्पनीले नयाँ नेक्सोमा ‘आर्ट अफ स्टिल’ डिजाइन ल्याङ्वेज प्रयोग गरेको जनाएको छ । नयाँ एसयूभीको डिजाइन फ्युचरिस्टिक तथा रगेड देख्न सकिन्छ ।

नयाँ जेनेरेशन नेक्सोको फ्रन्टमा डबल ड्यास एलईडी डीआरएल, क्वाड पिक्सेल एलईडी लाइट, रग्ड बम्पर रहेको छ । साइडमा लार्ज अलोय ह्वील, फ्लस डोर ह्याण्डल, ट्रयाङगुलर सेपको रियर क्वाटर ग्लास, रुफरेल, रियरभ्यू क्यामरा, सर्कुलर ह्वील आर्क क्लाइडिङ, टफ साइड बडी क्लाइडिङ दिइएको छ ।

नेक्सोको ड्यासबोर्डमा दुईवटा १२.३ इन्चको इन्फोटेन्मेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर कनेक्टेड डिस्प्ले रहेको छ । डिजिटल आइआरभीएम, १२ इन्चको एचयूडी दिइएको छ ।

ईभीमा ड्यासबोर्डसम्मै जोडिएको ट्विन डेक सेन्टर कन्सोल, गियर सेलेक्टर माउण्टेड स्टेरिङ कोलुम दिएको छ । यसमा स्टेरिङ ह्वीलमा क्रेटा ईभीमा जस्तै मर्सकोडमा ‘एच’ लेखिएको छ । म्युजिकको लागि यो एसयूभीमा ब्याङ एण्ड ओलुफसेनको १४ वटा स्पीकर सहितको म्युजिक सिस्टम दिएको छ ।

हुन्डाईले यसमा २०१ हर्सपावर दिने इलेक्ट्रीक मोटर दिएको छ । उक्त मोटरले जम्मा ७.८ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ ।


Back_to_top