भेस्पा र अप्रिलियाको डिलरसीप खोसियो

काठमाडाैं । इटालीयन अटोमोवाइल कम्पनी पियाजीयो ग्रुपको टु ह्वीलर ब्रान्ड भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी फेरिएको छ । 

कम्पनी स्रोतकाअनुसार लामो समयदेखि नेपाली बजारमा भेस्पा र अप्रिलाकाको आधिकारीक वितरकको रुपमा रहेको डि–लाईफस्टाइल प्रालिबाट खोसेर एमभी दुगड ग्रुपले उक्त स्कुटर र बाइक बिक्री वितरण गर्ने तयारी गरिरहेको छ । 

भेस्पाका क्लासीक स्कुटरहरु नेपाली बजारमा निकै चर्चित रहेका छन् । त्यस्तै अप्रिलियाका स्टाईलीस बाइक तथा स्कुुटरहरु नेपाली बजारमा बाक्लै संख्यामा गुड्दै आएका छन् । 

सन् १९७२ देखि विभिन्न अटोमोवाइल ब्रान्डहरुको बिक्री वितरण गर्दै आएको  एमभी दुगड ग्रुपसँग भारतीय अटोमोवाइल कम्पनी महिन्द्राको कमर्शियल भेहिकल, क्लासीक बाइक रोयल इन्फिल्ड, अमेरिकन ट्याक्टर ब्रान्ड जोन डियर तथा इटालीयन ब्रान्ड पियाजीयोको थ्री ह्वीलरको नेपाली बजारमा आधिकारीक डिलरसीप रहेको छ ।

पियाजीयोको थ्री ह्वीलर बिक्री वितरण गर्दै आएको कम्पनीले अब टु ह्वीलरपनि बिक्री वितरण गर्ने भएको छ ।  


Back_to_top