बाइकमा ट्याक्टरको टायर !

विश्वका धेरै देशमा सवारीसाधन मोडिफाईलाई कानुनी मान्यता दिइएको छ भने केही देशले यसलाई ग्रैहकानुनी मानेका छन् । नेपालमा कुनैपनि सवारीसाधनमा मोडिफाई गरेर चलाउन पाईदैन । यद्यपी सडकमा केही सवारीसाधन मोडिफाई गरेर चलाईरहेको देख्न सकिन्छ ।

विशेषत युवा पुस्ताले मोटरसाईकलमा धेरै परिर्वतन गरेर चलाउने गरेको पाईन्छ । भारतीय एक युवा मनन गिलले आफ्नो रोयल इनफिल्ड बाइकलाई ठूला–ठूला ट्याक्टरको टायर हालेर गुडाएको तस्विर यतिबेला सोशल मिडियामा निकै चर्चामा रहेको छ । 

यसलाई उनले विशेष प्रयोजनको लागि मोडिफाई गरेका हुन् । उनले आफ्नो म्युजिक भिडियोमा प्रयोग गर्न यसको मोडिफाई गरेतापनि यो निकै राम्रो कन्डिसनमा सडकमा गुडिरहेको तस्बिरहरु बाहिर आएका छन् । तर, भारतीय अदालतको पछिल्लो आदेशानुसार यो सडकमा चालाउन भने कानुनीरुपमा योग्य छैन । 

यसलाई रोयल इनफिल्ड ट्याक्टर बाइक भनेर मानिसहरुले बुझने गरेका छन् । यसको अगाडिको सस्पेन्सन परिर्वतन गरिएको छ । जसले ठूलो टायरलाई अड्याएको छ । यसमा रहेको हेडल्याम्पलाई परिर्वतनगरि एलइडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ भने, ह्यालबार परिर्वतनगरी निकै वाईड ह्यान्डलबारको प्रयोग गरिएको छ । 

यसमा फगल्याम्पको प्रयोग गरिएको छ । यसको च्याचीस र सिटपनि कस्टुमाईज गरिएको बताइएको छ । यी ठूला टायरको प्रयोगले बाइकलाई निकै भारी बनाएको छ । जसलेगर्दा यसलाई रेगुलर प्रयोग गर्न भने सकिने छैन । 


Back_to_top