महिन्द्रा एक्सयूभी–३०० शुक्रबार भृकुटीमन्डपमा सार्वजनिक हुने

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको बहुप्रतिक्षित कम्प्याक एसयूभी ‘एक्सयूभी–३००’ आगामी शुक्रबार काठमाडौंको भृकुटीमन्डपमा सार्वजनिक गर्ने भएको छ । 

नेपाली बजारमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इन्–कर्पोरेटले यसलाई ‘महिन्द्रा उदय’ अटो शोमा सार्वजनिक गर्न लागेको हो । महिन्द्राको एक्सयूभी–३०० कुरेर बस्नेहरूले उक्त एकल अटो प्रदर्शनीमा यस अनुभव गर्न सक्नेछन् । 

कोरियन मोटर कम्पनी स्याङ्योङ्गको कम्प्याक एसयूभी टिभोलीमा आधारित ‘एक्सयूभी–३००’ फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको हो । 

महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन एक्सयूभी–५०० फेसलिफ्टको जस्तै आक्रामक रहेको छ । 

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । साथै, कम्पनीले गाडीको क्याबिन भने आफ्नो लेटेस्ट एमपीभी मराजोको जस्तै आकर्षक बनाएको जनाएको छ ।

यसमा सेग्मेन्ट फस्र्टसेफ्टी फिचर दिइएको छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० सुसज्जित रहेको छ । 

१.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिनले १२१ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल लगाइएको छ भने चाँडै एमटी भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

नेपाली बजारमा यसको बजार मूल्य कति पर्छ भन्ने विषय अहिल्यै केही खुलाइएको छैन । 

यसरी लिनुस् पास

कम्पनीले मेला अवलोकन गर्न आउने अवलोकनकर्ताको सहजताको लागि अनलाईन रजिष्ट्रेसनको व्यवस्था गरेको छ । त्यसको लागि तपाईले महिन्द्रा उदयको आधिकारीक वेभसाईट  www.mahindraudaya.com  मा गएर त्यहाँ दिइएको फाइलमा आफ्नो नाम, इमेल र फोन नम्बर हाल्नु पर्नेछ । त्यसपछि कन्टीनियु लेखिएको बटम क्लिक गर्नुस् । यति गरेपछि तपाईको ई–टिकेट इमेलमा प्राप्त हुनेछ । त्यसको लागि तपाईले कुनै शुल्क तिर्नुपर्ने छैन । यदि तपाईसँग ई–टिकेट वा कम्पनीले वितरण गरेको पास छैन भने प्रबेश शुल्क वापत १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  

निःशुल्क पासको लागि यहाँ क्लिक गर्नुस्


Back_to_top