नोभेम्बर २२ मा सार्वजनिक हुँदै २०२० किया शोल इलेक्ट्रीक, यस्तो छ माइलेज

किया मोटर्सले बजारमा ल्याउने तयारी भएको सोल इलेक्ट्रीकले फूलचार्जमा ३ सय ९० किलोमिटर दूरी तय गर्ने जनाएको छ । 

कम्पनीले आगामी नोभेम्बर २२ बाट डिसेम्बर १ सम्म अमेरिकाको लस एन्जेलसममा आयोजना हुने ला–अटो शोमा उक्त मोडल सार्वजनिक गर्नेछ ।

यसमा उपलब्ध ६४ किलोवाट ब्याट्री प्याक हुन्डाई कोना इलेक्ट्रीक र निरो ईभीमा लगाइएको छ । कम्पनीले अमेरिकी बजारमा बिक्री–वितरण हुने सोल इलेक्ट्रीकमा ३९ किलोवाट ब्याट्री प्याक लगाउने तयारी गरेको थियो । तर, अमेरिकी ग्राहकले भने उच्च पावरको ब्याट्री प्याक राख्न माग गरेका थिए । 

किया सोल ईभीको नयाँ जेनेरेशनले २०१८ मा आयोजित लसएन्जेल्स अटो शोमा आफ्नो वल्र्ड प्रिमियर गरेको थियो । यसको नयाँ संस्करणमा विभिन्न आधुनिक विशेषता समेटिएको कम्पनीको दाबी छ । यसमा स्टेट अफ द आर्ट लिक्विड लिथिम आयोन पोलिमर ६४ किलोवाट ब्याट्री प्याक लगाइएको छ । 

त्यस्तै कम व्याट्री रेन्जमा उपलब्ध किया शोलमा ३० किलोवाट ब्याट्री प्याक दिइएको छ । जसले एक पटकको फुलचार्जमा १७८ किलोमिटरको रेन्ज प्रदान गर्ने छ । 


Back_to_top