काठमाडौं । मोटरसाइकल उत्पादक कम्पनी बेनेलीले दुई एड्भेन्चर मोटरसाइकल टीआरके–५०२ र ५०२ एक्स भारतीय बजारमा सार्वजनिक गरेको छ ।
नेपाली बजारमा टीआरके ५०२ यस अघि उपलब्ध रहेको छ । नेपाली बजारमा टीआरके ५०२ एक्स पनि कम्पनीले ग्राहकको माग अनुसार उपलब्ध गराउँदै आएको छ । टीआर ५०२ को नेपाली बजार मूल्य १६ लाख रुपैयाँ रहेको छ । टीआरके–५०२ को भारतीय बजार मूल्य ५ लाख तोकेको छ भने ५०२ एक्सको मूल्य ५ लाख ४० हजार भारु तोकेको छ । यसले कावासाकी भर्सेज–६५०, सुजुकी भी–स्ट्रोम ६५० एक्स–टीसँग प्रतिस्पर्धा गर्ने आँकलन गर्नेछ ।
दुबै मोटरसाइकलमा ४९९.६ ससिी फ्यूल इन्जेक्टेड प्यारालल ट्वीन मोटर लगाइएको छ । यसले ८ हजार ५ सय आरपीएममा ४७.६ पीएस पावरकासाथै ४ हजार ५ सय आरपीएममा ४५ एनएम–टर्क उत्पादन गर्छ । यसले प्रतिलिटर २५.६ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा २० लिटर क्षमताको फ्यूल ट्याङ्की लगाइएको छ, जसले समग्रमा ४ सय ५० किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ ।
यसमा टेलिस फ्रन्ट फेन्डर, ट्वीन हेडल्याम्प र टल विन्ड सिल्ड लगाइएको छ । माउन्टेड ब्रेक, फ्रन्ट फेन्डर, ट्वीन हेडल्याम्स र टल विन्डसिल्ड, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी चार्जिङ्गपोर्ट, एलईडी डीआरएलएस र टेलल्याम्प लगाइएको छ । यसको फ्रन्टमा ५० एमएम यूएसडी–फर्क र रियरमा मनोशक सेटअप गरिएको छ ।
त्यस्तै, यसमा ३२० एमएमको डिस्क–ब्रेकसँगै २६० एमएम डिस्क–सिङ्गल पट–क्यालिपर्स लगाइएको छ । यी दुबै मोटरसाइकलमा स्ट्यान्डर्ड एबीएसको विशेषतः दिइएको छ । यसकासाथै टीआरके–५०२ मोटरसाइकलमा १७ इन्च आलोय ह्वील लगाइएको छ भने ५०२ एक्सको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च टायर लगाइएको छ । दुबै मोटरसाइकलको तौल समान २३५ किलोग्राम रहेको छ ।


