निशानको नयाँ शोरुम महाराजगञ्जमा, किक्स ईटहरी र धरानमा पनि सार्वजनिक

काठमाडौं । निशानको नयाँ सोरुमको रुपमा महाराजगञ्जमा मेगा मोटर्स सञ्चालनमा आएको छ । एक समारोहका बीच निशानको उक्त सोरुम उद्घाटन गरिएको छ ।

निशानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदा र अन्य अतिथिहरुले सोरुम उद्घाटन गरे । सोही अवसरमा निशानको एसयूभी किक्स समेत सोरुममा लन्च गरिएको छ ।

सो अवसरमा मेगा मोटर्सका सञ्चालक महेश पालले नयाँ सोरुम सञ्चालन गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

यसका साथै नेपालका लागि निशान मोटर्स द्धारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पको लागि सुनसरी जिल्लाको आधिकारिक वितरक ओम साई मोटो कर्पले निशान किक्स  सुनसरीमा सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष शैलेस कुमार विस्टले उक्त कारको सार्वजनिक गरेका थिए । 

उक्त निसान किक्स सार्वजनिक समारोहमा, ओम साई मोटो कर्प का प्रबन्ध निर्देशक पारश मणि गेलालले विश्वस्तरीय नयाँ सवारी साधन सुनसरीलगायत क्षेत्रका ग्राहक समक्ष ल्याउन सकेकोमा खुशी व्यक्त गरे । 

कम्पनीले किक्सको सुरुवाति मूल्य ४७ लाख ९९ हजार  र टप भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।  

‘द इन्टेलिजन्ट एसयूभी’ एसयूभी स्लोगनको साथ किक्सलाई बजारमा ल्याएको छ । डिजेलमा ३ भेरियन्ट र पेट्रोलमा २ भेरियन्टसहित किक्स नेपाली बजारमा ५ भेरियन्टमा उपलब्ध भएको छ । 

कम्पनीले किक्समा डिजेल र पेट्रोल दुबै भेरियन्टमा १.५ लिटरको इन्जिन दिएको छ । यसमा दिइएको १४९८ सीसी क्षमताको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । 

निशानले किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट दिएको छ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्ट, ३६० डिग्री क्यामराको फिचर रहेको छ । 

यसमा रहेको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । 

गाडीको डाइमेन्सको कुरा गर्दा यसको लम्बाई ४३८४ एमएम रहेको छ भने, चौडाई १८१३ एमएम, उचाई १६५६ एमएम र ह्वीलवेस २६७३ एमएम रहेको छ । कम्पनीले यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । 

कम्पनीले पेट्रोल भेरियन्ट एक्सएलको मूल्य ४७ लाख ९९ हजार राखेको छ भने एक्सभी भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेको छ । 

त्यसैगरी डिजेल भेरियन्टमा एक्सएल भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रहेको छ भने, एक्सभी भेरियन्टको मूल्य ५६ लाख ४९ हजार तोकेको छ । कम्पनीले डिजेलमा टप भेरियन्टको रुपमा एक्सभी प्रिमियमको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।  


Back_to_top