काठमाडौं । संसारकै प्रतिष्ठित स्मार्ट फोन उत्पादक कम्पनी एप्पलले आइफोनमा कारधनीको अनुहार पहिचानगरि गर्ने नयाँ सुविधा दिने भएको छ ।
आइफोनको उक्त नयाँ प्रणालीले मानिसको अनुहार पहिचानगरि कार लक–अनलक गर्नेछ । कम्पनीले सन् २०१७ मा उक्त प्रणालीबारे जानकारी दिएको थियो । हाल, अमेरिकी प्याटेन्ट तथा टे«ेडमार्क अफिसले ‘सिस्टम एन्ड मेथड फर भेहिकल अथोराईजेशन’ नामक उक्त प्रणालीलाई स्विकृती प्रदान गरेको हो ।
एप्पलले सार्बजनिक गरेको प्याटेन्ट अनुसार उक्त प्रविधीले दुई फरक तरिकाबाट फेसियल रिकोनाइजेशन गर्ने गर्छ । पहिलो चरणमा कारमा उपलब्ध उक्त प्रणालीलाई इन्स्टल गर्नुपर्छ । त्यसपछि सवारीधनीले कारमा उपलब्ध सेन्सरको अगाडि हेर्नु पर्छ, त्यसपछि सफ्टवयरले उसको अनुहारको अध्ययन गर्नेछ ।
कम्पनीले आइफोन एक्सलगायतका विभिन्न मोडलमा फेसियल रिकोनाइजेशन सफ्टवेयर प्रदान गर्ने जानकारी दिएको छ । यसका साथै उक्त प्रविधीको प्रयोगबाटै सिट एडजस्ट, म्युजिम भोलुम, क्लाइमेट कन्ट्रोललगायतका सेटिंग गर्न सकिने जनाइएको छ ।
कम्पनीले उक्त प्रविधी कहिलेसम्म बजारमा ल्याउने भन्नेबारेमा भने कुनै जानकारी दिएको छैन । हाल, कम्पनी ‘प्रोजेक्ट टिटान’ योजना अन्तर्गत अटोनोमस कारको निर्माणमा लागि परेको छ । यसअघि, एफएफ ९१ प्रोपोटाइपमा उक्त विशेषता दिइएको थियो ।

