नेपाल आयो अमेरिकन क्लिभल्यान्ड ब्रान्डको मोटरसाईकल, मोडल र मूल्यसहित

काठमाडौं । नेपाली बजारमा अमेरिकन मोटरसाईकल ब्रान्ड क्लिभल्यान्डका उत्पादन प्रबेश गरेको छ । यसलाई नेपाली बजारमा आजु मोटर्सले भित्र्याएको हो ।

कम्पनीले काठमाडौंको पानीपोखरीमा नयाँ आफ्नो शोरुम स्थापनागरि मोटरसाइकल बिक्री वितरण सुरु गरिसकेको छ । यद्यपी कम्पनीले उक्त बाइकको ग्रान्ड लञ्च भने केही दिन भित्रै गर्ने तयारी गरिरहेको जनाएको छ ।

पछिल्ला दिनमा नेपाली बजारमा विश्वका धेरै देशमा उत्पादन भएका मोटरसाईकलहरु प्रबेश गरिरहेको समयमा अमेरिकन चर्चित बाइक हार्ले डेभिड्सनपछि अर्को अमेरिकन कम्पनी क्लिभल्यान्ड नेपाली बजारमा प्रबेश गरेको हो ।

बिभिन्न चार मोडलमा नेपाल आएको उक्त बाइकको सुरुवाति मूल्य ३ लाख ५९ हजार रुपैयाँदेखि ५ लाख ७६ हजार रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले अहिले मिसफिट, एस डिलक्स, एस स्क्राम्बलर र एफएक्सआर मोडलका बाइक नेपाली बजारमा ल्याएको हो ।

एफएक्सआर मोडलको मूल्य ३ लाख ५९ हजार रुपैयाँ रहेको छ भने, मिसफिट मोडलको मूल्य ५ लाख ६७ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी एस डिलक्स मोडलको मूल्य ४ लाख ९९ हजार र एस स्क्राम्बलरको मूल्य ५ लाख १९ हजार रुपैयाँ रहेको छ ।

अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी क्लिभल्यान्ड साइकल वर्कले ‘क्लिभल्यान्ड’ ब्रान्डको मोटरसाइकल सन् २००९ बाट उत्पादन गर्दै आएको छ । कम्पनीको साइकल उत्पादनको इतिहास भने ११७ वर्ष पुरानो हो । 


Back_to_top