काठमाडौं । सांघाई-चांगान अटोमोबाइल अन्तर्गतको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलले ५ लाख युनिट डेलिभरीको माइलस्टोन पूरा गरेका छ । दीपलले विश्वभर ५ लाख युनिट सवारी बिक्री गरेको हो ।
सन् २०२५ को मे महिनामा मात्र दीपलले २५ हजार ५०० युटिन ईभी बिक्री गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ७८ प्रतिशतले धेरै हो ।
हाल दीपल ब्रान्ड अन्तर्गत एसएल ०३, एस ०७, जी ३१८, एल ०७, एस ०५ र एस ०९ मोडलका ईभी बिक्रीगरिरहेको छ । कम्पनीले दीपल ए ०९ गत मे २२ मा सार्वजनिक गरेको थियो ।
६ सिट भएको ठूलो आकारको एसयुभी दीपल एस ०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस ०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन पनि रहेको छ ।
साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ । दीपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लूईडब्लूए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिंङ फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
दीपलले आगामी वर्ष चीनमा ३०० वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दीपलले यो वर्ष यूरोपमा प्रवेश गरिसकेको छ ।
गत मेमा आयोजना भएको दीपल ब्राण्ड नाइटमा सीईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चांगानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।


