संचालनमा आयो टेस्लाको रोबोट्याक्सी

काठमाडौं । अमेरिकी ब्याट्री इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले टेक्सासको अस्टिनमा सेल्फ डाइभिङ ट्याक्सी संचालनमा ल्याएको छ ।कम्पनीले अहिले ट्रायलको रूपमा १० वटा रोबोट्याक्सी संचालन ल्याएको हो ।

आइतबारदेखि संचालनमा आएका यी रोबोट्याक्सीहरू पैसा तिरेर चढ्न सकिने भएको हो । चालक बिनाको यो ट्याक्सी चढ्न टेक्सासका बासिन्दाहरू उत्साहित भएका भिडियोहरू बाहिर आइरहेको छ ।

टेस्लाको सीईओ इलन मस्कले दशकौंलामो कडा परिश्रमपछि रोबोट्याक्सी संचालनमा ल्याउन सकेको बताएका छन् । रोबोट्याक्सी संचालन गर्न एआई चिप र सफ्टवेरको टिमले स्क्रयाचदेखि बनाएको बताए ।

केही दिन अगाडिदेखि टेस्लाले इन्फुलेन्सरहरूलाई रोबोट्याक्सीमा यात्रा गर्न आमन्त्रण गरेको थियो । अहिले निश्चित ठाउँमा संचालन भइरहेको रोबोट्याक्सी चढ्न ४.२० डलर फ्ल्याट भाडा तोकिएको छ ।

टेस्लाको रोबोट्याक्सीमा राइड गर्न टेस्लाको एप आफ्नो मोबाइलमा हुनुपर्छ । नेपालमा संचालनमा भएका राइड शेयरिङ एपजस्तै आफ्नो गन्तव्य बुक गरेपछि टेस्लाको रोबोट्याक्सी यात्रुको अगाडि आइपुग्छ । चालकरहित उक्त ट्याक्सीमा बसर सिटबेल्ट लगाएपछि मोबाइल मार्फत स्टार्ट राइड गरेपछि ट्याक्सीले आफ्नो गन्तव्यमा पुर्याइदिन्छ ।

ट्याक्सी राइडरको लागि कन्टोल स्क्रीन पछाडि समेत दिएको टेस्लाले यो चालकरहित कारमा म्युजिक, गेम तथा अन्य इन्टरटेन्मेन्टको कन्टोल समेत दिएको छ । टेस्लाले हालका लागि मोडल वाईलाई रोबोट्याक्सीको रूपमा प्रयोगमा ल्याएको हो ।


Back_to_top