काठमाडौं । टाटा मोटर्सले ह्यारियर ईभीको फोरह्वील भेरियन्टको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा क्वाडह्वील ह्यारियरको सुरूवाती मूल्य २१ लाख ४९ हजार भारतीय रुपैयाँ तोकेको हो ।
टाटा मोटर्स पछिल्लो इलेक्ट्रीक एसयूभीमा क्वाड ह्वील ड्राइभ सिस्टम दिएको छ । यो भारतको पहिलो ड्युल मोटर टेक्नलोज भएको कम्पनीको दाबी छ । क्वाडह्वीलको सहायताले ह्यारियर ईभीको अफरोड क्षमता बढाएको छ । साथै पर्फमेन्स र एड्भान्स टेक्नलोजीकाे समिश्रण छ ।
टाटाले ह्यारियर ईभीमा ६५ र ७५ किलोवट अवार गरी दुई ब्याट्री अप्सन दिएको छ । भारतीय बजारमा सुरूवाती मूल्य २१ लाख ४९ हजार तोकिएको यो ईभीको अलह्वील ड्राइभमा ४ भेरियन्टमा उपलब्ध रहेको छ । अलह्वील ड्राइभ ह्यारियर ईभीको मूल्य २८ लाख ९९ हजारदेखि टप भेरियन्ट एसी फास्ट चार्जर सहितको स्टेल्थ एरिसनको ३० लाख २३ हजार भारु तोकिएको छ ।
केही दिन अघिमात्रै भारत एनक्याबको क्रयासटेस्टमा ५ स्टार रेटिङ पाएको ह्यारियर ईभीको क्वाडह्वील ड्राइभको फ्रन्टमा ११६ किलोवाट र रियरमा १७५ किलोवाटको मोटर दिएको छ । दुई मोटरले संयुक्त रूपमा ३९६ हर्सपावर र ५०४ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
बुस्ट मोड, ६ थरिको टेरेन मोड, अफरोड असिस्ट मोड जस्ता ड्राइभिङ फिचर रहेको ह्यारियर ईभी जम्मा ६.३ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

