काठमाडौँ । सगरमाथा इन्स्यारेन्स र ईस्ट्रन एजेन्सीबीच क्यासलेस भुक्तानी सम्झौता भएको छ । अब सगरमाथा इन्स्योरेन्समा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रनको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ ।
गाडी बनाउदा बीमितले नियमानुसार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने र सो भन्दा अधिक रकम बीमितले भुक्तानी गर्ने गरी सम्झौता भएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्ट्रन एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आफ्ना ग्राहकले आफुलाई समस्या परेको समयमा गाडी मर्मतका लागी रकमको ब्यवस्था गर्नु पर्ने झन्झटबाट मुक्त हुने गरी सुबिधा ल्याएको बताए ।

