६ लाख ६२ हजार मूल्य पर्ने ईभी, रेन्ज २२२ किमी

काठमाडौं । एफएडब्लूले सुरुवाती मूल्य ६ लाख ६२ हजार अर्थात् ४ हजार ८०० अमेरिकी डलर मूल्य तोकेर चीनमा पोनी ईभी सार्वजनिक गरेको छ । चिनियाँ निर्माताले पोनी ईभीको २०२६ मोडल लन्च गरेको हो ।

एफएडब्लुले बेसटर्नको फ्यान कुलिङ फेस्टिबलमा सार्वजनिक गरेको मिनी ईभीले सिंगल चार्जमा २२२ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

तीन ढोका भएको ‘बक्सी’ डिजाइन पोनी ईभीको अगाडि आकर्षक डिजाइनको हेडलाइट र निकै सिंगारिएझै लाग्ने लोअर ग्रिल दिइएको छ । कम्पनीले यसमा साइडमा ह्वील आर्क र साइड मिरर सेतो कलरमा दिएको छ ।

पोनी मिनी कारको लम्बाइ ३००० एमएम, चौडाइ १५१० एमएम र उचाइ १६३० एमएम छ । यसमा १९५३ एमएम लामो ह्वीलवेस दिइएको छ ।

यसको इन्टेरियरमा १०.१ इन्चको स्मार्ट सेन्टर कन्ट्रोल स्कृन, स्मार्टफोन ब्लुटुथ कि फङ्सनालिटी, प्यासिभ इन्ट्री, ओटीए इन्टरटेन्मेन्ट सिस्टम अपडेट, डिपसिक इन्टेलिजेन्ट असिस्टेन्ट र ड्राइभिङ रेकर्डर जस्ता सुविधा उपलब्ध छ ।

पोनी ईभीमा ३० किलोवाटको रियर माउण्टेड मोटर दिएको छ । उक्त मोटरले ४२ हर्सपावर र ९० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो मिनी कारमा १८.११ किलोवाट अवारको एलएफपी ब्याट्रीप्याक छ ।

एफएडब्लुको ईभी ब्राण्ड ‘बेस टिउन’को उत्पादनको रुपमा चीनमा बिक्री भइरहेको मिनी ईभीको टप भेरियन्ट किन्न भने ८ लाख ७० हजार रुपैयाँ अर्थात् ६ हजार ३०० डलर तिर्नु पर्छ ।


Back_to_top