आगामी साता लन्च हुँदै दीपल एस ०७ को नयाँ भेरियन्ट

काठमाडौं । इलेक्ट्रीक एसयूभी दीपल एस ०७ को नयाँ भेरियन्ट आइसीए आगामी साता सार्वजनिक हुने भएको छ ।

नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दीपल एस ०७ को नयाँ भेरियन्ट आइसीए आगामी साता सार्वजनिक गर्ने तयारी गरेको हो ।

दीपल एस ०७ आइसीए नयाँ एलएफपी ब्याट्री केमेस्ट्रिीमा उपलब्ध हुनेछ । १० भन्दा बढी इन्डस्ट्री फस्ट फिचरहरू र बेजोड डिजाइनमार्फत आफ्नो सेग्मेन्टको लिडर बनेको दीपल एस०७ को नयाँ भेरियन्टले नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउने कम्पनीको भनाइ छ ।

दीपल एस ०७ मा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रीन, हेडरेस्ट र आउटडोर स्पीकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायत फिचर छन् ।

नेपालमा बिक्री सुरू भएको डेढ वर्षमै दीपल ९०० युनिट बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ । नयाँ एस ०७ आइसीएले दीपलको रफ्तारलाई झनै बढाउने कम्पनीको अपेक्षा छ ।


Back_to_top