सुनसरीमा बस र माइक्रो जुध्दा ३ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी अरु १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार मृतकको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।


Back_to_top