एकैदिनमा २७ जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकहरूलाई हस्तान्तरण गगरिएको छ ।

नेपालमा जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले देशभरका १२ वटा शाखाबाट २७ जेसीबी मेसिन हस्तान्तरण गरेको हो ।

हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो। प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो।

समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो, र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गर्नुभएको थियो। हस्तान्तरण गरिएका मेसिनमा जेसीबी थ्रीडीएक्स ब्याकहो लोडर, एक्साभेटर, एग्रीम्याक्स लगायतका मोडेल रहेका छन्।

एमएडब्ल्यू अर्थमुभर्स प्रालिका प्रमुख संचालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भने, ‘घटस्थापनाको दिन हामी सबै शुभ काम सुरू गर्छौं । आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरूवात गर्नुभएको छ । हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ,’ उनले भने ।

हस्तान्तरण गरिएका मेसिनहरू विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि लगायत देशको आर्थिक विकासमा योगदान पुर्याउने क्षेत्रमा परिचालन हुनेछन् ।


Back_to_top