टाटाको इलेक्ट्रीक अल्ट्रोजले दिन्छ ३०० किमि माइलेज

टाटाले जेनेभा मोटर शो २०१९ मा शोकेस गरेको अल्ट्रोज इलेक्ट्रीक कारले एक पटकको फुलचार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जानकारी दिएको छ ।

टाटाले यसअघि टिगोर इलेक्ट्रीकको उत्पादन गरेर भारतको सरकारी निकायमा बिक्री वितरण गरिसकेको अनुभवलाई नयाँ अल्ट्रोज ईभीको उत्पादनमा प्रयोग गर्ने भएको हो । कम्पनीले आगामी दुई महिना भित्र बजारमा ल्याउन लागेको प्रिमियम ह्याचव्याक अल्ट्रोजको इलेक्ट्रीक मोडललाई अझ आकर्षक बनाएर जेनेभामा देखाईसकेको छ । 

यसको मूल्यको विषयमा पनि कम्पनीले जेनेभामा केही कुरा बाहिर ल्याएको थियो । कम्पनीकाअनुसार यसको मूल्य भारतीय बजारमा आउँदै गरेको अल्ट्रोज ग्यासोलिनको भन्दा केही बढी हुनेछ ।

भारतीय बजारमा मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार वागेनआरलाई करिब ७ लाख रुपैयाँमा सार्वजनिक गर्ने बताएसँगै टाटाले पनि आफ्नो प्रिमियम ह्याचव्याकको मूल्य करिब १० लाख भारतीय रुपैयाँको हाराहारीमा तोक्ने अनुमान सुरु भएको छ ।

टाटाले आफ्नो नयाँ इलेक्ट्रीक कारलाई सन् २०२० भित्र बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले निकै दमदार पर्फमेन्स र आरामदायी ह्याचव्याक बनाउने घोषणा गरेको अल्ट्रोजको क्याविन निकै आर्कषक हुने अनुमान गरिएको छ । 

फास्ट चार्जरको प्रयोगबाट एक घन्टामा ८० प्रतिशत चार्जगर्न सकिने अल्ट्रोज इलेक्ट्रीक कारको लम्बाई ३ हजार ९८८ एमएम, चौडाई १ हजार ७५४ एमएम र उचाई १ हजार ५०५ एमएम रहने छ । यसको ह्वीलवेस २ हजार ५०१ एमएम रहेको छ ।  


Back_to_top