फेब्रुवरीमा बिक्यो २४ हजार युनिट हिरो डेस्टिनी १२५

हिरो मोटोकर्पले फेब्रुअरी महिनामा २४ हजार १८ युनिट डेस्टिनी १२५ बिक्री गरेको छ । यो संगै हिरो डेस्टिनी १२५ भारतमा कम्पनीको सबैभन्दा धेरै बिक्री हुने स्कुटर बनेको छ ।

हिरोले डेस्टिनी १२५ भारतमा २०१८ को अक्टोबरमा सार्वजनिक गरेको थियो । तर कम्पनीले उक्त स्कुटरको देशभर बिक्री भने नोभेम्बरदेखि मात्र बिक्री गरेको थियो । यही वर्षको जनवरीमा पनि हिरो डेस्टिनी २१ हजार ३५२ युनिट बिक्री भएको थियो ।

२०१८ को अटो एक्सपोमा हिरोले डेस्टिनी १२५ सोकेस गरेको थियो । यो स्कुटरमा १ सय २४.६ सीसी सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन रहेको छ । यसले ८.७ बीएचपीमा ६ हजार ७५० आरपीएम र १०.२ एनएम टर्कमा ५ हजार आरपीएम पैदा गर्दछ ।

डेस्टिनीमा अटोमेटिक गेयरबक्स रहेको छ भने यो स्कुटरको अधिकतम् गती ८५ किलोमिटर प्रतिघण्टा रहेको छ । हिरो डेस्टिनी १८०८ एमएम लेन्थ, ११५४ एमएम हाइट, ७२९ एमएम वाइट र १२४५ ह्वीलवेस रहेको छ । डेस्टिनी १२५ को ग्राउन्ड क्लियरेन्स १२५ एमएम छ भने तौल १११.५ किलो छ ।   


Back_to_top