काठमाडौं । टोयोटापछि अर्को जापानी अटोमोबाइल कम्पनी सुबारुले सोलिड स्टेट ब्याट्रीको परिक्षण सुरु गरेको छ । सुबारुले परिक्षण सुरु गरेको नयाँ ब्याट्रीले लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ र उच्च इनर्जी डेन्सीटी प्रदान गर्ने अपेक्षा छ ।
सुबारुले जापानको ओइजुमी प्लान्टमा यो नयाँ ब्याट्रीको परिक्षण गरिरहेको समाचार बाहिर आएको हो । कम्पनीले सुरुवातमा सोलिड स्टेट ब्याट्रीका परीक्षण रोवोर्टहरु थालेको छ । ती रोवोर्टहरुले प्रोडक्सन प्रोसेसलाई अटोमेटेड बनाएका छन् ।
सामान्यतया इन्डष्ट्री इक्युप्मेन्टमा प्रयोग हुने ब्याट्री १ वा २ वर्ष चल्ने गरेका छन् । तर, सोलिड स्टेट ब्याट्रीको प्रयोग सफल भएमा १० वर्षसम्म विना झनझट संचालन गर्न सकिनेछ ।
सुबारुले अगस्ट महिनाको अन्तिमबाटै विद्युतीय कारमा पनि सोलिड स्टेट ब्याट्री परीक्षण थाल्ने जनाएको छ ।
रोवोर्टमा प्रयोग भएको ब्याट्रीको साइज विद्युतीय गाडीमा प्रयोग हुनेभन्दा निकै साना सेल छन् । म्याक्वेल लिमिटेडले उत्पादन गरेको सेरामिक प्याक्ड सोलिड स्टेट ब्याट्री इन्डष्ट्रीयल इक्युप्मेन्टमा प्रयोग भएका हुन् । परीक्षण सकेर सन् २०३० अगाडि नै सोलिड स्टेट ब्याट्रीको प्रयोग कारदेखि अन्य उपकरणमा प्रयोग गर्ने लक्ष्य लिएको छ ।
सुबारु मोटर्सका प्रबक्ताले अटोमोटिभ न्यूजलाई बताए अनुसार ‘कम्पनी अझैपनि ईभीमा प्रयोग गर्न सकिने नयाँ ब्याट्री केमेस्ट्रीको खोजी रहेको छ । सुबारुले अहिले कारमा परीक्षण थालेपनि हतारिएर छिट्टै कारहरुमा सोलिड स्टेट ब्याट्रीको प्रयोग गर्ने छैन ।’


