काठमाडौं । मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई एमजी एस फाइभ ईभीको ब्राण्ड एम्बास्डर नियुक्त भएकी छिन् ।
नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले जोशीलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो ।
सम्झौता अनुसार प्रियंकाले २ वर्षसम्म नेपालमा एमजी एस-फाइभ ईभीको विज्ञापन र प्रवद्र्धनात्मक अभियानमा प्रतिनिधित्व गर्ने छिन् ।
प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले हामी जोशीलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
‘प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ। यी गुणहरू एमजी एस–फाइभ ईभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन्। हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं,’ उनले भने ।
एम्बास्डर नियुक्त भएकी जोशीले एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक रहेको बताइन् ।
‘एमजीसँग विशेषतः एमजी एसफाइभ ईभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु,’ उनले भनिन् ।
प्रियंका रानी जोशीको ब्राण्ड एम्ब्यासडरको रूपमा सहभागिताले एमजी एस–फाइभ ईभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउने र ब्राण्डको प्रभाव र पहुँच बढाउने कम्पनीको विश्वास छ ।

