निगमले घटायो पेट्रोलियम पद्धार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । निगमले सोमबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलर घटाएको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४०. ५० रुपैयाँ, दोस्रो वर्गमा १४२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।


Back_to_top