भोलि लन्च हुँदै मारुती सुजुकीको नयाँ एसयूभी

काठमाडौं । मारुती सुजुकीले भोलि (बुधबार) नयाँ एसयूभी लन्च गर्ने भएको छ ।कम्पनीले भारतीय बजारमा प्रडक्सन कोडनेम वाई १७ रहेको एसयूभी ‘भिक्टोरिस’ नाममा सार्वजनिक गर्ने भएको हो ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टको नयाँ एसयूभी मारुती सुजुकीको लाइनअपमा ब्रेजाभन्दा माथि र ग्राण्ड भिटाराभन्दा तल रहने छ ।

सुजुकीको ग्लोबल सी प्ल्याटफर्मएमा बनेको यो एसयूभी ग्राण्ड भिटारा बनेकै आर्किटेक्चरमा बनेको हो । यसमा धेरै फिचरहरू मारुती सुजुकी ग्राण्ड भिटारा र टोयोटा हाइराइडरबाट क्यारि फरवार्ड हुनेछ ।

यो एसयूभीको लम्बाइ करिब ४.४ मिटरको रहने छ भने यसको सिधा प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशाक तथा फक्वागेनको टाइगुन जस्ता कम्प्याक्ट एसयूभीसँग हुनेछ ।

मारुती सुजुकी भिक्टोरियसमा फेमिली बायरको लागि प्रशस्त क्याबिन, बुट स्पेश र फिचरहरू रहेको छ ।

मारुती भिक्टोरियसमा ग्राण्ड भिटारामै प्रयोग भएको १.५ लिटरको नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन, १.५ लिटरको स्ट्रङ हाइब्रिड पावरट्रेन अप्सन रहनेछ । यो एसयूभीमा ५ स्पीड म्यानुअल, ६ स्पीड अटोमेटिक र ई सीभीटी गियरबक्स अप्सन रहेको छ ।


Back_to_top