आयो नयाँ जेनेरेशन ‘आइएक्स थ्री’, रेन्ज ८०५ किमी

काठमाडौं । लग्जरी कार निर्माता बीएमडब्लूले आफ्नो मिड साइज एसयूभी ‘आईएक्स थ्री’को सेकेण्ड जेनेरेशन मोडल सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२४ मा देखाएको ‘भिजन न्यू क्लास एक्स कन्सेप्ट’मा आधारीत रहेर तयार पारेको पहिलो मोडल ‘आईएक्स थ्री’ हो ।

नयाँ जेनेरेशन आइएक्स थ्रीको अगाडि इलुमिनेटेड किड्नी ग्रिल दिइएको छ । विङ्सेपमा तयार भएको हेड लाइटसँगै मोर्डन लाइटको प्रयोग ब्यापक छ । एसयूभीको साइडमा क्लियर सर्फेस फ्लस डोर ह्याण्डल, स्क्वायर्ड बडी कलरमा सजिएको ह्वील आर्क दिइएको छ ।

पछाडि दिइएको इनवार्ड एक्सटेन्डेड स्प्लीट टेल लाइटले गाडीको लुकमै परिवर्तन गरेको छ । नयाँ आइएक्स थ्रीको इन्टेरियरमा स्लीम लाइट सिट, र्याप अराउण्ड इन्ट्रुमेन्ट प्यानल, प्यानारोमिक सनरुफ, थ्रीडी हेडअप डिस्प्ले, फ्रिकट सेन्टर टचस्कृन छ । बीएमडब्लूले वाइपर, मिरर कन्ट्रोल, हाजार्ड लाइट कन्ट्रोल जस्ता फङ्सनको लागि फिजिकल बटन प्रयोग रहेको छ ।

आकर्षक डिजाइन र नयाँ टेक्नोलोजी फिचरहरूले भरिएको नयाँ आईएक्स थ्री ८०० भोल्ट आर्किटेक्चरमा बनेको हो । यसमा १०८.७ किलोवाट आवरको विशाल सिलिण्ड्रीकल सेल ब्याट्री प्याक प्रयोग भएको छ । उक्त ब्याट्रीलाई ४०० किलोवाटको डिसी फास्ट चार्जरले चार्ज गर्दा मात्र १० मिनेट चार्ज गर्दा ३७२ किलोमिटर गुडाउन पुग्ने कम्पनीको दाबी छ ।

बीएमडब्लू आइएक्स थ्रीले २२ किलोवाट आवरसम्मको एसी चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ८०५ किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । ड्यूल मोटर सेटअपमा उपलब्ध एसयूभीले ४६९ हर्सपावर र ६४५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

लग्जरी कार निर्माताले यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.९ सेकेण्ड लाग्ने जनाएको छ । टपस्पीड भने २१० किलोमिटर प्रतिघण्टा रहने छ । यसमा भेहिकल टु लोड, भेहिकल टु होम र भेहिकल टु ग्रिड जस्ता एप्लीकेसन उपलब्ध छ ।

बीएमडब्लू आईएक्स थ्रीको लम्बाइ ४७८२ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६३५ एमएम छ । यसको डिजाइनमा एरोडायनामिक्सलाई विशेष ध्यान दिएको कारण ड्रयाग कोफिसियन्ट २.२४ सीडी मात्रै छ ।


Back_to_top