काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) एकान्तकुना ललितपुरबाट दुईपाँग्रे सवारीसाधनको ब्लू बुक नवीकरण सेवा सुरू भएको छ ।
२२औं निजामती सेवा दिवसको अवसरमा आइतबारदेखि एकान्तकुनाबाट दुईपाँग्े सवारी साधनको ब्लू बुक नवीकरण सुरु गरिएको हो ।
उक्त सेवाको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले गरे ।
मन्त्री थापाले यातायात व्यवस्था क्षेत्रमा प्रविधिमैत्री र सहज सेवा प्रदान गर्नु आवश्यक रहेको बताए । सबै सेवा एकै ठाउँबाट प्रदान गर्दा सेवाग्राहीलाई फरक-फरक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।
उनले छिट्टै एकान्तकुनाबाट लाइसेन्स छपाइ तथा वितरण सेवा पनि सुरू गर्ने तयारी गरिरहेको जानकारी दिए ।

