याडियाको स्कुटर किन्दा ४५ हजारसम्म छुट पाइने

काठमाडौं । याडियाका इलेक्ट्रीक स्कुटरहरू खरिदमा ४५ हजार रुपैयाँसम्म छुट पाइने भएको छ ।

नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘बडा दशैं धमाका’ अफरमा यस्तो छुट पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत याडियाको ४ मोडलका इलेक्ट्रीक स्कुटरहरूमा न्यूनतम ५ हजारदेखि ४५ हजारसम्म रुपैयाँसम्म छुट पाइने भएको हो ।

याडियाको कुल जोय मोडलमा न्यूनतम ५ हजार रुपैयाँ, ओविनमा २५ हजार, भेलक्स एचमा ४० हजार र ई ८ एसमा ४५ हजार रुपैयाँ छुट दिने भएको हो ।

त्यस्तै, स्कुटर खरिद गर्नुअघि ग्राहकले टेस्ट राइड पनि गर्न पाउने छन् । साथै, सरल फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अफर नेपालभर रहेका याडियाको शोरुमहरू लागू हुनेछ ।


Back_to_top