यामाहा ब्लू फेस्ट सुरू, १० लाखसम्म नगद छुट पाइने

काठमाडौं । आजदेखि काठमाडौंको हात्तीसारस्थित जयनेपाल हलमा ‘यामाहा ब्लू फेस्ट’ सुरू भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले यामाहा ब्लू फेस्ट आयोजना गरेको हो ।

भदौ २७ गतेसम्म सञ्चालन हुने ब्लू फेस्टमा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग यामाहाको नयाँ सवारी साट्ने अवसर पाउने छन् ।

जहाँ कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार, अन्य ब्राण्डमा न्यूनतम २५ हजार (कर म्याद पूरा गर्नुपर्ने), एक्सचेन्समा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पाउने छन् ।

त्यस्तै, यामाहाका मोटरसाइकल खरिदमा १० लाखसम्म नगद छुट, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट, भाग्यशाली विजेताले राइड द ब्लू विथ रोडिज’ अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

ब्लू फेस्टमा यामाहाले आफ्ना प्रिमियम मोटरसाइकलहरु यामाहा आर १५ भी ४, एमटी १५ भी २ एफजेड भी ३ डिलक्स, रेजेडअर १२५ एफआइ हाइब्रिड र एरेक्स १५५ लगायतका मोडेलहरू प्रदर्शन समेत गरेको छ ।


Back_to_top