काठमाडौं । भारतमा भीनफास्टले औपचारीक बिक्री सुरु गरेसँगै प्रिमियम कम्प्याक्ट एसयूभी भीएफ सेभेनको चर्चा बढ्दै गएको छ । कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याएको भीएफ सेभेनको मूल्य र फिचरको कारण चर्चा बढ्दै गएको हो ।
भीनफास्टको फ्ल्यागसिप एसयूभी मानिएको भीएफ सेभेनमा ५९.६ र ७०.८ किलोवाट आवर एलएफपी ब्याट्रीप्याक दिएको छ । यसको रेन्ज अधिकतम ४५० किलोमिटरसम्म रहने कम्पनीको दावी छ ।
सानो ५९.६ किलोवाट आवरको ब्याट्री भएको भर्सन फ्रन्ट ह्वील ड्राइभ हो । त्यसैगरी अल ह्वील ड्राइभमा ठूलो ब्याट्री रहने छ । कम्पनीले १० वर्ष वा २ लाख किलोमिटरसम्म ब्याट्री र भेहिकलमा वारेन्टी घोषणा गरेको हो ।
भिनफास्ट भीएफ सेभेनको लम्बाइ ४५४५ एमएम, चौडाइ १८९० एमएम र उचाइ १६३६ एमएम छ । यसमा २८४० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कम्पनीले १९ इन्चको ह्वील दिएको छ भने १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

भियतनामी कम्पनीले भीएफ सेभेनको अगाडि सिग्नेचर भी सेपमा एलइडी डे टाइम रनिङ लाइट दिएको छ । त्यसको मुनी एलइडी हेडलाइट, बम्परमा कनकेभ डिजाइनको एयरड्याम प्रयोग गरेको छ ।
साइडमा मस्कुलर सरफेस डिजाइन प्रयोग गरिएको भीएफ सेभेनमा फ्लस डोर ह्याण्डल प्रयोग भएको छ । पछाडि स्लीम विण्डस्कृन र भर्टिकल ओरेन्टेसन रहेको कनेक्टेड एलइडी टेलल्याम्प पाउन सकिन्छ ।
कम्पनीले ड्यासबोर्डमा १२.९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट स्कृन, वायरलेस फोन चार्जर, ठूलो साइजको फिक्स ग्लासरुफ, ड्यूलजोन क्लाइमेट कन्ट्रोल र भेन्टीलेटेड फ्रन्ट सिट दिएको छ । पछाडिको सिट पनि ढल्काउन सकिन्छ ।

यसको ड्यासबोर्डमा उपलब्ध फिजिकल ड्राइभ सेलेक्टर बटम र ड्राइभर साइडमा एङ्गल भएको इन्फोटेन्मेन्ट स्कृनले अनौठो लुक्स दिएको छ । भीएफ सेभेनमा ड्राइभ इन्फर्मेसन स्कृनको सट्टामा हेडअप डिस्प्ले दिएको छ ।
प्रिमियम देखिने एसयूभीमा सुरक्षाको लागि सबै भेरियन्टमा ७ एयरव्याग, राडार बेसको एडास लेवल २, अटोनोमस पार्किङ, एबीएस, इबीडी, बीए, इएससी, टीसीएस, एचएसए, आरओएम, इएसएस, रेन रेन्सीङ वाइपर, टीपीएमएस, ३६० डिग्री क्यामरा लगायत छन् ।
यसको फ्रन्ट ह्वील ड्राइभ भेरियन्टमा २०४ हर्सपावर र ३१० न्यूटन मिटर टर्क दिने १५० किलोवाटको मोटर छ । अल ह्वील ड्राइभ भर्सनमा ३५० हर्सपावर र ५०० न्यूटन मिटर टर्क दिने २६० किलोवाटको ड्यूल मोटर सेटअप पाउन सकिन्छ ।
भारतीय बजारमा अर्थ, विण्ड, विण्ड इनफिनिटी, स्काई र स्काई इनफिनिटी गरी ५ भेरियन्टमा लन्च भएको भिनफास्ट भीएफ सेभेनको मूल्य २० लाख ८९ हजारदेखि २५ लाख ४९ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ ।


