काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
देशभर जेनजीको आन्दोलन चर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको हो ।
उपत्यकाका विभिन्न ठाउँमा नेता तथा सार्वजनिक संरचनाहरुको आगलागीका कारण विमान उडान तथा अवतरण गर्न नसक्ने अवस्था सृजना भएपछि विमानस्थल बन्द गरिएको हो ।
यससँगै सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
विदेशबाट आएका केही जहाजहरु डाइभर्ट भई भारततर्फ गएका छन् ।
विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको छ ।

