काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल बन्द गरिएको जानकारी गराएको हो ।
विमानस्थलका महाप्र बन्धक प्रतापबाबु तिवारीका अनुसार देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २४ गतेदेखि हुने सम्पूर्ण उडान तथा अवतरणहरू बन्द गरिएको छ।

