आगोले क्षति पुगेको कालोपत्र सडक मर्मत गरिँदै, विवरण संकलन हुँदै

काठमाडौं । सडक विभागले भदौ २४ गते भएको प्रदर्शनका कारण क्षति पुगेको सडक मर्मत गर्ने भएको छ

प्रदर्शनका क्रममा आन्दोलनकारीले देशका विभिन्न सडकमा टायर, दाउरा बाल्दा र गाडी जलाउँदा क्षति पुगेको सडकमा पुनः कालोपत्र गर्ने भएको हो ।

विभागका अनुसार आगलागीबाट सडकमा सामान्य मात्र क्षति पुगेको छ । विभागका महानिर्देशक विजय जैसीले आगलागीबाट सडकमा ठूलो क्षति नभएको बताए । उनले आगोले बिग्रिएको ठाउँमा कालोपत्र भत्काएर पहिलेजस्तै नयाँ बनाइने बताए ।

उनका अनुसार आगलागीबाट कुन ठाउँको कति सडकमा क्षति पुग्यो भन्ने पूर्ण विवरण आइसकेको छैन । अहिले कर्मचारीहरूले उपत्यका भित्र र बाहिर क्षतिको विवरण संकलन गर्ने काम गरिरहेको उनले जानकारी दिए ।

‘प्रदर्शनका क्रममा भएको आगलागीबाट कालोपत्र गरिएको सडकमा सामान्य क्षति पुगेको छ । अहिले विवरण संकलन भइरहेको छ । पूर्ण विवरण पप्त भएपछि जहाँ-जहाँ क्षति भएको छ, त्यहाँ भत्कार पहिलाको जस्तै बनाउँछौँ,’ उनले भने ।


Back_to_top