काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल पदभार ग्हण गर्न आफ्नै निजी गाडी चढेर अर्थमन्त्रालय पुगेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि उनी आफैं गाडी चलाएर मन्त्रालयमा जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
यसअघि अधिकांश मन्त्रीहरु सरकारी गाडीमा मन्त्रालय जाने गरेकोमा उनले त्यो परम्परा तोडेका हुन् । उनले मन्त्री भएपछि तलब, भत्ता लगायत कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।
अर्थमन्त्री खनाल ईभीप्रेमी समेत हुन् । उनले नेपालमा विद्युतीय सवारी बिक्री हुन थालेसँगै सन् २०१८ मै किया सोल ईभी किनेका थिए ।

