टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीस अपाचे आरटीआर १६० टुभी एफआई र टीभीएस रेडर आइगोको मोटरसाइकल बिक्री सुरू गरेको हो ।

कम्पनीले टीभीस अपाचे आरटीआर १६० टुभी एफआईको मूल्य ३ लाख ४४ हजार ९०० र रेडर आइगोको ३ लाख ५ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

यी दुवै नयाँ मोडल अत्याधुनिक प्रविधियुक्त र नवीन डिजाइनका छन् ।

टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई बलियो रेसिङ परम्परासहित डिजाइन गरिएको छ । गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन रहेको आरटीआर १६० टुभी एफआईमा डुअल डिस्क ब्रेक, सिंगल-च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र अर्वान, स्पोर्ट र रेन गरी तीन राइड मोड जस्ता फिचर छन् ।

यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड, फोेर स्ट्रोक, एसओएचसी, एफआई इन्जिन छ । यसले अधिकतम १६.४ पीएस र १३.३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।

टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई म्याट ब्लु, रेसिङ रेड र ब्लयाक गरी तीन कलरमा उपलब्ध छ ।

त्यस्स्तै, टीभीएस रेडर आइगो राइडर लक्षित मोटरसाइकल हो ।यसले जेनजी राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ।

रेडर आइगोमा १२४.८ सीसी एयर र आयल कुल्ड थ्री भी इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा ११.३८ पीएस र ६००० आरपीएममा ११.२ एनएम र्टक जनरेट गर्दछ ।

साथै, कम्पनीले यसमा ‘बुस्ट मोड’ दिएको छ । जसले बाइकमा ०.५५ एनएम टर्क बढाउन मद्दत गर्छ भने ५.८ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टको गतिमा गुड्न सक्छ ।

कम्पनीले यसमा टेलिस्कोपिक फोर्क, सेन्सर स्ट्यान्ड, भ्वाइस एसिस्ट, टर्न बाइ टर्न नेभिगेसन, कल ह्यानडेलिङ र नोटिफिकेसन म्यानेजमेन्ट जस्ता फिचर दिएको छ ।

यो मोटरसाइकलमा टीएफटी डिजिटल क्लस्टर, आइगो स्टार्ट-स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता फिचर छन् । कम्पनीले रेडर आइगो नार्डो ग्रे र विक्ड ब्ल्याक गरी दुई कलरमा उपलब्ध गराएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवालले दुई नयाँ मोटरसाइकलले नयाँ र उत्साहजनक अध्याय सुरू गरेको बताए ।

‘नेपालमा टीभीएस मोटरले यी दुई नयाँ मोटरसाइकलका साथ नयाँ र उत्साहजनक अध्याय सुरू गरेको छ। यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छन्, उनले भने ।

नेपालमा पहिलेदेखि नै उपलब्ध अपाचे सिरिजको रेसिङ विरासतलाई कायम राख्दै आगामी दिनमा समेत युवा पुस्ताका लागि यी रोजाइको बाइक बन्ने कम्पनीको भनाइ छ ।


Back_to_top