काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटर खरिदमा ५० हजार रुपैयाँ छुट पाइने भएको छ ।
सीएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले फेस्टिभ अफर अन्तर्गत जीहो एई ८ मा ५० हजार रुपैयाँ छुट दिने भएको हो ।
कम्पनीले यसअघि ४ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको जीहो एई ८ फेस्टिभ अफर अन्तर्गत ४ लाख ४९ हजार ९०० रुपैयाँमै उपलब्ध गराउने भएको हो ।
साथै, बम्पर उपहारमा एकजना भाग्यशाली बिजेतालाइै बाली भ्रमणको अवसर समेत प्रदान गरिने कम्पनीले जनाएको छ । ऋषि ट्रेडका अनुसार यो अफर सीमित अवधिका लागि मात्रै लागू हुनेछ ।
जीहो स्कुटर प्रिमियम ईभी स्कुटर ब्राण्डका रुपमा परिचित छ । जीहो एई ८ मा ६९ भोल्ट ३२ एम्पियर आवरको ब्लेड कम्प्याक्ट डुअल ब्याट्री र १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर जडान गरिएको छ ।
४ घण्टामा फुलचार्ज गर्न सकिने यस स्कुटरले १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो स्कुटरको टप स्पीड क्षमता प्रतिघण्टा १०० किमीभन्दा बढी रहेको छ ।
जीहो ब्राण्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

