किङलङ ईभी किन्दा मोटरसाइकल उपहार पाइने

काठमाडौं । किङलङको विद्युतीय सवारी साधन खरिदमा मोटरसाइकल उपहार पाइने भएको छ ।

नेपालका लागि किङलङको आधिकारिक बिक्रेता सीजी मोटर्सले ल्याएको चाडवाड लक्षित अफरमा यस्तो उपहार पाइने भएको हो ।

यस अफर अन्तर्गत दशैं–तिहार अवधिमा किङलङ भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउने छन् । लक्की ड्रमार्फत हरेक महिना एक जना विजेताले नयाँ हिरो एक्सट्रीम १६० आरमोटरसाइकल उपहार पाउने कम्पनीले जनाएको छ ।

यो अफर किङलङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन् ।

यो अफर असोज ७ देखि कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top