यामाहाको मोटरसाइकल किन्दा जिते १ लाख ४ हजार

काठमाडौं । यामाहाको एफजेडएस भी थ्री मोटरसाइकलको खरिदमा खुशाल सिंह लोधले १ लाख ४ हजार नगद रुपैयाँ जितेका छन् ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले आयोजना गरेको यामाहा रायड द ब्लू वीथ रोडिज अफर अन्तर्गत उनले मोटरसाइकल खरिद गर्नुअघि ४ हजार र खरिदपछि १ लाख रुपैयाँ जितेका हुन् ।

यस यामाहा रायड द ब्लू वीथ रोडिज अफरमा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग यामाहाको नयाँ सवारी साट्ने अवसर पाउने छन् ।

जहाँ कुनै पनि यामाहा बाइक वा स्कुटर छ भने त्यसमा न्यूनतम ५० हजार रुपैयाँ, अन्य ब्राण्डमा न्यूनतम २५ हजार रुपैयाँ (कर म्याद पूरा गर्नुपर्नें) एक्सचेन्समा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पाउने छन् ।

त्यस्तै, यामाहाका मोटरसाइकल खरिदमा १० लाखसम्म नगद छुट, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट, भाग्यशाली विजेताले राइड द ब्लू विथ रोडिज’ अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।


Back_to_top