दशैंमा नयाँ कार किन्नेलाई ७ ब्राण्डको अफर, कुन छान्दा धेरै फाइदा ?

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो चाडको रूपमा परिचित दशैं सुरू भइसकेको छ । दशैंको मुखमा भएको राजनीतिक उथलपुथल र सडकका कारण धेरै गाडी आयात हुन नसके पनि कम्पनीहरू उपभोक्ता तान्न राम्रै स्कीमहरू दिइरहेका छन् ।

साउनको चौथो साताबाट सुरू भएर भदौको दोस्रो सातासम्म नाइमा र नाडाले अलग अलग अटो शो आयोजना गर्दै दशैंमा राम्रो संख्यामा गाडी बिक्री हुने माहोल निर्माण गरेका थिए । तर, ठ्याक्कै बिक्री गर्ने बेलामा भएको आन्दोल र बाटोको कारण समयमा गाडी ल्याउन नसक्दा बिक्रेताहरू केही समस्यामा परेका छन् । तर, उनीहरूले आकर्षक स्कीम ल्याएर उपभोक्ता अड्याउन खोजेको देखिन्छ ।

कम्पनीहरूले ल्याएको स्कीममा के के पाइन्छ भन्ने विषयमा हामीले यहाँ उल्लेख गरेका छौं । जसले गाडी किन्न खोज्नेलाई आफ्नो छनोट एकिन गर्न सहयोग पुग्छ । साथै, ब्राण्डहरूले दिएको स्कीम मध्ये सबैभन्दा राम्रो स्कीम कुन कम्पनीको हो भन्ने छुट्टाउन पनि सजिलो हुनेछ ।

सुजुकी पर्वोत्सव

पेट्रोलबाट चल्ने कार मात्रै बिक्री गर्दै आएको सीजी मोटोकर्पले दशै, तिहार र छठ पर्वलाई ध्यानमा राख्दै विगतकै जस्तो ‘सुजुकी पर्वोत्सव’ नामको स्कीम दिएको छ ।

स्कीम अन्तर्गत सुजुकीका कारमा मोडल अनुसार ६ लाखसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क बीमा, ६ वर्षसम्म पीएमएस पाट्स सित्तैमा, निःशुल्क एसेसरिज पनि कम्पनीले अफर गरेको छ ।

सीजीले सुजुकीका इन्ट्री लेभल कारहरू अल्टो र सेलेरियोमा १ वर्षको लागि शून्य प्रतिशत ब्याजदरको स्कीम दिएको छ । त्यस्तै कम्पनीले स्क्र्याच कार्ड मार्फत १ लाख बराबरको थप छुट र १० जना भाग्यमानीलाई १ तोलो सुन दिने स्कीम चलाइरहेको छ ।

हुन्डाईको १० गुणा उपहार

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले ‘दशैं तिहार १० गुणा उपहार’ नामक स्कीम चलाएको छ । हुन्डाईले पनि आफ्नो विगतदेखि कै स्कीमको परिमार्जित भर्सन लन्च गरेको हो ।

कम्पनीले चाडपर्वमा हुन्डाईको गाडी किन्नेलाई मोडल अनुसार ८ लाखसम्म नगद छुट, स्क्रयाच कार्ड मार्फत थप १० लाखसम्म छुट र २० हजार लोयल्टी बोनस दिने जनाएको छ । साथै, १ वर्षको निःशुल्क बीमा र सवारी कर पनि कम्पनीले नै तिरिदिने छ ।

सीजी मोटर्सको एवोन र एक्सपेङमा छुटैछुट

सीजी मोटर्सले आधिकारिक रूपमा बिक्री गर्दै आएको जीएसी एवोन र एक्सपेङ ब्राण्डमा चाडपर्व स्कीम दिइरहेको छ । कम्पनीले एवोन भी र वाई तथा एक्सपेङ जी-सिक्समा ‘ई एक्ट्राअर्डेनरी फेस्टिभल अफर’ दिइरहेको छ ।

उक्त स्कीम अनुसार एवोन ब्राण्डका गाडी किन्नेले ८ लाखसम्मको फाइदा पाउने कम्पनीको दाबी छ । साथै, ६.४ प्रतिशत ब्याजदरमा कर्जा सुविधा, ४८ घण्टा भित्रै कर्जासँगै ब्ल्याक एण्ड डेकरको भ्याकुम क्लिनर, कारवास र कफी मेशिन पनि दिने जनाएको छ । दुई वटा चार्जर, एक वर्षको बीमा र सवारी कर पनि कम्पनीले नै दिनेछ । एक्सचेन्जमा आउनेले आकर्षक एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

एमजीको ‘पाथ्स अफ स्माइल’

एमजीले चाडपर्व केन्द्रित ‘पाथ्स अफ स्माइल’ स्कीम ल्याएको छ । यो स्कीम अन्तर्गत कम्पनीले ४ लाखसमम नगद छुट दिइरहेको छ । पारामाउन्ट मोटर्सले आफ्ना सबै मोडलमा केही न केही स्कीम दिएको छ ।

 

नगद छुटको अलावा एक्सचेन्ज बोनस, एक वर्षको बीमा, सवारी कार, चार्जर जस्ता कुरा पनि कम्पनीले स्कीममा उपलब्ध गराएको छ ।

एलएस अटोको फेस्टिभल अफर

चाडपर्वको उपलक्षमा एलएस अटोले फेस्टिभ अफर दिएको छ । कम्पनीको अफरमा एलएस अटोको एलईभी १ खरिद गर्ने ग्राहकहरूले १० केजीको फ्रन्ट लोड वासिङ मेसिन, आकर्षक नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, ६.६ किलोवाटको चार्जर, १ वर्षको इन्स्योरेन्स र रोडट्याक्स दिने छ । कम्पनीले बम्परमा एक जोडिलाई सिंगापुर र मेलेशियाको ५ रात ६ दिनको निःशुल्क ट्रिप समेत अफर गरेको छ ।

ओमोडा जेकोको मेगा अफर

ओमोडा जेकोले ‘फेस्टीभ राइड, मेगा अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ओमोडा ईभीमा ७ लाखसम्म नगद छुट पाउन सकिन्छ । अफरपछि ओमोडा ई-फाइभको मूल्य ५४ लाख ९९ हजार, जेको जे-फाइभको मूल्य ५६ लाख ९९ हजार र जेको जे सिक्सको ६५ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।

एसपीजी अटोमोबाइलले ओमोडा/जेको ब्राण्डका गाडी किन्नेलाई एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर र १ वर्षको इन्स्योरेन्स समेत उपलब्ध गराउने जनाएको छ ।

लीपमोटरले ल्यायो चार्डवाडको उमंग

लीपमोटरले पनि ‘चार्डवाडको उमंग लीपमोटरसँग’ नाम स्कीम चलाइरहेको छ । यो स्कीममा सिधै नगद छुटको व्यवस्था रहेको छ । यो अफरमा लिपमोटरको सी-१० मा ७ लाख छुट अफर गरेको छ । सी-१० को मूल्य ७१ लाख ९९ हजारबाट घटाएर ६४ लाख ९९ रुपैयाँ अफर गरेको छ ।

त्यस्तै, बी-१० लाइफ भेरियन्टको ५५ र डिजाइनको ६० लाख मूल्य तोकिए पनि कम्पनीले चार्डवाडको उपलक्ष्यमा लाइफ भेरियन्टमा ५ लाख र डिजाइनमा ३ लाख रुपैयाँ नगद छुट दिएको छ । साथै, प्रत्येक बी-१० को खरिदमा ७ र २.२ किलोवाटको चार्जर, १ वर्षको बीमा र निःशुल्क एसोसरीज दिने कम्पनीले जनाएको छ ।


Back_to_top