जेसीबीले गर्यो नेपालका इँटा उद्योगसँग सहकार्य

काठमाडौं । जेसीबी नेपालले नेपालका इँटा उद्योगसँग सहकार्य गरेको छ ।

जेसीबी मेसिनहरूको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्सले नेपाल इँटा उद्योग महासंघ (एफएनबीई)को १७औं वार्षिक साधारण सभालाई प्रायोजन गर्दै सहकार्य गरेको हो ।

नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप जेसीबीले यो प्रायोजन गरेको हो।

कोभिड-१९ महामारीपछिका कठिनाइहरू पार गर्दै इँटा उद्योग विस्तारै पुनः अघि बढिरहेको छ। अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन्। यस एजीएममा सहभागिता मार्फत् जेसीबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्माताहरुसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ।

कार्यक्रममा जेसीबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर जेसीबी टेलिह्याण्डलर ५३०-११० प्रदर्शन गरेको थियो।

यो मेसिन विशेषगरी इँटा उद्योगका लागि उपयुक्त छ, जसले इँटा र अन्य सामग्री साइटमै लोड गर्ने, थुपार्ने र ढुवानी गर्ने कार्यमा शक्तिशाली पर्फर्मेन्स दिन्छ । यसको आधुनिक डिजाइन र अत्याधुनिक सुविधाहरूले यसलाई उत्पादकत्व र सुरक्षामा सुधार गर्न चाहने इँटा भट्टा सञ्चालकहरूका लागि उत्कृष्ट समाधान बनाउँछ।

एजीएमले जेसीबी नेपालका लागि इँटा भट्टा मालिक र उद्योगका अगुवाहरूसँग सम्बन्ध मजबुत पार्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो। प्रत्यक्ष भेटघाटमार्फत टोलीले जेसीबीका विविध मेसिनरी सोलुसन्स र यसले इँटा उद्योगका विशेष आवश्यकताहरू पूरा गर्न कसरी सहयोग पुर्याउँछ भन्ने बारेमा जानकारी दिइएको थियो ।

यस सहभागिताले जेसीबीमेसिनहरूको माग बढाउनुका साथै उद्योग विकासमा भरपर्दो साझेदारका रूपमा ब्राण्डको इमेज स्थापित गरेको कम्पनीको भनाइ छ ।

एमएडब्लू अर्थमुभर्सले नेपालका पूर्वाधार र निर्माण उद्योगलाई सहयोग गर्न निरन्तर प्रतिबद्ध छ। इँटा उद्योगजस्ता प्रमुख क्षेत्रहरूसँग निकट सहकार्य गर्दै जेसीबी नेपालले अझ बलियो, दक्ष र इनोभेटिभ भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।


Back_to_top