काठमाडौं । एथरको रिज्टा स्कुटरमा नयाँ कलर अप्सन थपिएको छ ।
एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य एनर्जीले एथरको रिज्टा स्कुटर थप नयाँ कलर अप्सनमा नेपालमा उपलब्ध गराएको हो ।
फ्यामिली सेग्मेन्टमा रहेको रिज्टा स्कुटरलाई कम्पनीले नयाँ आकर्षक टेराकोटा रेड कलरमा ल्याएको हो ।
नयाँ टेराकोटा रेड मोनोटोन र डुअल–टोन दुबै भेरियन्टमा उपलब्ध हुनेछ । यससँगै एथर रिज्टा अब ९ फरक–फरक कलरहरूमा उपलब्ध भएको छ ।
यो नयाँ कलरको रिज्टा स्कुटर लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गरिएको थियो ।
नेपालको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलोपटक सार्वजनिक भएको हो । सार्वजनिक भएदेखि नै यो मोडलले बजारमा राम्रो प्रतिक्रिया पाउँदै आइरहेको छ । नेपालमा मात्रै नभई रिज्टाले भारतमा समेत एथरको ६० प्रतिशतसम्मको हिस्सा एक्लैले बनाइरहेको छ ।
एथर रिज्टा एथरको पहिलो फ्यामिली स्कुटर हो । जसमा सुरक्षा र दैनिक प्रयोगका लागि आवस्यक पर्ने सुविधा र फिचरहरुलाई निकै मध्यनजर गरि निर्माण गरिएको छ ।
फराकिलो सिट, पर्याप्त स्टोरेज, ब्याट्री रेन्ज, मूल्य र स्मार्ट प्रविधिहरूको मिश्रणले यस स्कुटरलाई बजारमा सफल बनाएको हो ।
नेपाली बजारमा रिज्टा स्कुटरको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ रहेको छ ।

