काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइचर ग्राहकहरूका लागि मंसिर १७ गतेदेखि २९ गतेसम्म राष्ट्रिय मेगा सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने उद्देश्यले उक्त क्याम्प संचालन गर्न लागेको हो ।
कम्पनीका अनुसार यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा पाउने छन् । क्याम्प अवधिभर ग्राहकले स्पेयर पार्टसमा १२ प्रतिशत, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत, आइचर लुब्रिकेन्ट्समा २५ प्रतिशत छुट र ठुला मर्मत कार्यहरूको ज्यालामा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले निःशुल्क बम्पर टु बम्पर चेकअप र ३५ पोइन्ट इन्सपेक्सन, प्रत्येक सहभागी सर्भिसिङमा सहभागी ग्राहकलाई निःशुल्क विण्डचिटर पाउने छन् ।
क्याम्पमा निरन्तर र सहज सेवा पाउनका लागि ग्राहकले अनिवार्य रुपमा अग्रिम बुकिङ गर्नुपर्ने कम्पनीले जनाएको छ ।


