नयाँ सुजुकी जीएसएक्स एस-७५० सार्वजनिक, यस्ता छन् बिषेशता

जापानीज मोटरसाइकल निर्माता कम्पनी सुजुकीले जीएसएक्स एस-७५० को २०१९ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो बाइकको एक्स शोरुम मूल्य ७ लाख ४६ हजार भारतीय रुपैयाँ तोकेको छ । यो स्ट्रीट फाइटर बाइक सुजुकीको जुनसुकै आधिकारीर डिलरमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो बाइले डुकाटी मोनस्टार ८२१, यामाहा एमटी ०९, कावासाकी जेड ९०० जस्ता बाइकसँग सिधा प्रतिस्पर्धा गर्ने छ । 

कम्पनीले यो अपडेटेड बाइकलाई दुई कलरमा बजारमा ल्याएको हो । कम्पनीले मेटालीक मेट ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट कलरमा ग्राफिकमा समेत परिर्वतन गरेर उपलब्ध गराएको छ । सुजुकीले २०१९ फेब्रुअरीमा दुइ कलरसहित यो बाइक अन्र्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको थियो । यो बाइकको ग्राफिक डिजाइन सुजुकी जीएसएक्स एस १००० बाट प्रभावित रहेको छ । 

यो बाइकमा सार्प डिजाइनमा हेलोजिन लाइट दिएको छ, साथै अल डिजिटल कन्सोलसमेत रहेको छ । कम्पनीले यो बाइकमा कुनैपनि मेकानिकल चेन्ज भने गरेको छैन् । 

सुजुकी जिएसएक्स एस ७५० मा ७४९ सीसीको लिक्वीड कुल्ड इनलाइन फोर सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ११३ बीएचपी पावर तथा ८१ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । 

यसको इन्जिनमा ६ स्पीडको ट्रान्समिसन लगाइएको छ । बाइकको फ्रन्टमा कायावा कम्पनीको ४१ एमएमको यूएसडी फर्क लगाइको छ भने रियरमा सेभेन स्टेप प्रि-लोड एडजस्टएबल मोनोशक दिइएको छ । यसको फ्रन्टमा ३१० एमएमको डबल र रियरमा २४० एमएमको सिगंल डिस्कका साथै निसिन कम्पनीको स्वीच गर्न मिल्ने एबीएस सुबिधासमेत रहेको छ । 


Back_to_top