काठमाडौं । सवारीसाधनको आबिष्कारले मानव समाजमा अन्य आबिष्कारहरुका तुलनामा धेरै सकारात्मक र नकारात्मक प्रभावहरु छोडेका छन् । सवारीसाधनको महत्वपूर्ण क्षेत्र कारले त झन् बिश्वभरिनै आम मानिसको जिवनयापनको तौर तरिका नै बदलिदिएको छ । यसले समाजको हरेक पक्ष बदलिदिएको छ । पारिवारिक जीवन, अर्थतन्त्र र पर्यावरणमा ठूलो असर पारेको छ । समयसँगै भएको सवारीको प्रगतिले समग्ररुपमै समाजको प्रगतिलाई धेरै हदसम्म प्रभाव पारेको छ ।
गाडीको पहिलो औद्योगिक उत्पादन सन् १९२० मा शुरु भएको थियो । त्यो समयमा मानिसहरुलाई किराना पसल जानका लागि पनि ३० मिनेट भन्दा बढि समय खर्चनु पर्दथ्यो । त्यसपछि उनीहरुको आवागमन र दैनिक गुजारामा धेरै परिर्वतन आयो ।
शुरुवाती समयमा बिलासी बस्तुको रुपमा हेरिएको सवारी पछि प्रचुर मात्रामा उत्पादन हुन थालेपछि धेरै भन्दा धेरै मानिसको पहुँचमा पुग्न थाल्यो । उत्पादन प्रणालीमा भएको परिर्वतनले औसत अमेरिकीहरुलाई गाडी धनी बन्न सम्भव भयो । फोर्ड गाडीका निर्माता हेनरी फोर्डको ध्यान नै अधिकांश सर्वसाधारणमा गाडीको पहुँच पुर्याउनु थियो ।
महिलाहरु गाडी चलाएर छोराछोरी बिद्यालय पुर्याउने देखि किराना सामान खरिदसम्म गर्न थाले । गाडी लिएर सहरमा निस्कन थालेपछि उनीहरु बिस्तारै साँस्कृतिक डबलीमा देखिन थाले ।
सन् १९०० मा ८ हजारवटा गाडीको स्वामित्व लिएका अमेरिकीहरु सन् १९२० सम्म आईपुग्दा ८० लाख वटा गाडीको स्वामित्व लिन पुगे । उत्पादन खर्च न्युनीकरण गरेका कारण नै यो सम्भव भएको थियो ।
जति धेरै गाडीहरुको प्रयोग बढ्न थाल्यो त्यती नै धेरै अमेरिकीहरुको दैनिक जिवनमा असर पर्न थाल्यो । यो समयमा अमेरिकामा स–साना नगर (सर्बब) हरुको चलन शुरु भएको थियो । सवारीले यस्ता नगरहरुको बिस्तारमा धेरै सहयोग पुर्यायो । यसले पारिवारिक जिवनमा धेरै असर पार्यो । र, समाजलाई चलाएमान र चञ्चल बनायो ।
समाजमा महिलाहरुको भुमिकामा पनि सवारीले धेरै प्रभाव पार्यो । सन् १९२५ मा सामान्य ढंगले आफ्नो घरधन्दा चलाईरहेका महिलाहरु गाडी चलाएर छोराछोरी बिद्यालय पुर्याउने देखि किराना सामान खरिदसम्म गर्न थाले । गाडी लिएर सहरमा निस्कन थालेपछि उनीहरु बिस्तारै साँस्कृतिक डबलीमा देखिन थाले । अनि, महिलाहरु घरधन्दामा मात्र सिमित हुन छाडे । उनीहरु उस्तै खाले कामका लागि पुरुषहरुसँग प्रतिस्पर्धा गर्दै लैङ्गििक समानता तर्फ अग्रसर हुन थाले । तसर्थ सवारीले समाजमा महिलाहरुको भूमिकालाई नै परिर्वतन गरिदियो ।
तर, गाडीको बिस्तारले समाजमा नकारात्मक असर नपारेको पनि होइन । पुराना पारिवारिक मूल्य र मान्यताहरु बिर्सिए, सामाजिक एकता भत्किए । मानिसहरु आफ्ना सामाजिक दायित्वहरु बिर्सेर ब्यक्तिगत दुनियाँमा सजिलै भाग्न सक्ने भए । र, मानिसहरु आत्मनिर्भर भए । आफ्नै दुनियाँमा बाँच्न थाले । मानिसहरु आफ्ना घरमा भन्दा सडकमा धेरै समय बिताउन थाले ।
सन् १९१५ देखि १९३० सम्म ‘फार्म’हरुमा घोडाको जनसंख्या एक तिहाइले घटेको थियो । घोडाको यातायात बिस्थापित भए पछि सहरहरु केही सफा भएका थिए ।
यस्तो समयमा केही छरिता दिमागहरुले ‘फास्ट फुड’ रेष्टुरेण्टहरु खोल्न थाले । रे क्रक्क भन्ने मानिसले यस्तै सामाजिक परिर्वतनको समयमा अहिलेको बिश्वबिख्यात फास्ट फुड चेन रेष्टुरेन्ट ‘म्याक्डोनाल्ड’ खोलेका थिए । म्याक्डोनाल्डका आउटलेटहरु अहिले पनि प्रशस्तै छन्, दुनियाँका बिभिन्न देशहरुमा । गाडीको लोकप्रियताबाटै फाष्ट फुड रेष्टुरेण्टहरुमा ‘डा«इभ थ्रु’को (गाडीबाट नझरी खानेकुरा किनेर हिँड्न सकिने ब्यवस्था) अवधारणा आएको थियो ।
सवारीको लोकप्रियतासँगै यातायातका परम्परागत साधनहरु पर धकेलिए । साइकल, घोडा र रेलमा त धेरै नै प्रभाव पर्यो, सन् १९२० ताका । सन् १८९० तिर चल्तीमा रहेको साइकल यातायातको सबैभन्दा चुस्त साधन थियो । तर, गाडीको आबिष्कार पश्चात् साइकलको प्रयोग धेरै घट्यो । सन् १९१५ देखि १९३० सम्म ‘फार्म’हरुमा घोडाको जनसंख्या एक तिहाइले घटेको थियो । घोडाको यातायात बिस्थापित भए पछि सहरहरु केही सफा भएका थिए । सडकहरु घोडाका मल मुक्त भएका थिए । त्यतिबेला सामानहरु ढुवानीका लागि रेलहरुको भूमिका प्रमुख थियो । तर, गाडीको आबिष्कार पछि रेलको यात्रुहरुको संख्यामा पनि ४० प्रतिशतले गिरावट आएको थियो । हवाईजहाजको आबिष्कार पछि रेलको भुमिका भने संकुचित भएको थियो । मानिसहरु लामो दुरीको लागि हवाइजहाज र छोटो दुरीको लागि गाडीको प्रयोग गर्न थाले । अहिले भने रेल ट्राफिम नहुने ‘छिटो बस’को रुपमा प्रयोग हुन थाल्यो ।
सवारीसाधनको विकासको पहिलो चरण प्रति परिवार एक गाडीमा अन्त्य भयो भने दोस्रो चरणको विकासले प्रति ब्यक्ति एक गाडीको स्तरमा पु¥यायो ।
गाडीमा उत्कृष्ट फिचरको दौड
सन् १९६० को दशकमा अमेरिकामा २ करोड ५० लाख भन्दा बढि गाडी दर्ता भएका थिए । बातानुकुलित गाडीको प्रयोग त्यतिबेला नै शुरु भएको थियो । मानिसहरु बाहिरको प्रचण्ड गर्मीको वास्ता नगरि गाडी भित्रै घण्टौं बिताइदिन थाले । गाडी निर्माताहरुले पनि त्यसपछि ग्राहकहरुको स–साना सुबिधालाई ध्यानमा राख्न थालेको पाइन्छ । जति धेरै सुबिधा, गाडी त्यति नै धेरै चर्चित बन्ने दिन सुरु भयो ।
सन् १९७० को दशकमा यो क्षेत्रमा ३० लाख भन्दा बढि कामदार काम गर्थे, अमेरिकामा मात्रै १० लाखले रोजगारी पाएका थिए ।
त्यो समयमा मानिसहरु आफ्नो गाडी माथि निकै गर्व गर्थे । कसैलाई तिब्र गतिमा हुँइकने कार चाहिन्थ्यो भने कसैलाई सुन्दर । उनीहरु गाडीलाई यातायातको साधनका अलावा सोखको रुपमा पनि प्रयोग गर्न थाले । इन्धन धेरै सस्तो भएका कारण मानिसहरु रातभरी गाडीमा घुम्थे ।
गाडीको विकासले आम मानिसहरु मात्र लाभान्वित भएका होइनन् । गाडी निर्माता कम्पनीहरुले गाडी बनाउन धेरै कामदारहरु भर्ती गर्न थाले । यसले अमेरिकालगायतका देशमा धेरै रोजगारी सृजना गर्यो । सन् १९७० को दशकमा यो क्षेत्रमा ३० लाख भन्दा बढि कामदार काम गर्थे, अमेरिकामा मात्रै १० लाखले रोजगारी पाएका थिए । गाडीको आबिष्कार नभएको भए त्यतिबेला धेरै अमेरिकीहरु रोजगार बिहिन हुने बताइन्छ ।
भूगोललाई नजिक बनायो
सवारीको विकासले विश्वको भौगोलिक अवस्थिति नै परिर्वतन गरको थियो । सामान ढुवानीका लागि ठूला ट्रकहरुको प्रयोग हुन थाल्यो र ट्रकहरु र अन्य गाडीहरु तिब्र गतिमा कुदाउनका लागि फराकिला बाटाहरु बन्न थाले । अमेरिकामा ‘अन्तर राज्य’ राजमार्गहरु त्यतिबेला नै बन्न थालेका हुन् । यदि सवारीसाधनको विकास नभएको भए यी बाटाहरु कहिल्यै बन्ने थिएनन् ।
अमेरिकामा गाडीले ल्याएको अर्को सामाजिक परिर्वतन ‘ड्राइभ इन मुभिज’ (खुल्ला सिनेमा) पनि हो । मानिसहरु गाडी लिएर निस्कन्थे । सडकमा पार्क गर्थे । र, आरामले सिनेमा हेर्थे । युवायुवती र परिवारिक जमघटका लागि यस्ता ठाउँहरु निकै चल्तीमा थिए । यसले अमेरिकी समाजमा धेरै सामाजिक परिर्वतन ल्याएको र सप्ताह अन्तमामा रमाइलो गर्ने संस्कृतिको विकास गरेको बताइन्छ ।
अहिले पनि गाडी समाजको सबैभन्दा चर्चित यातायातको साधन हो । गाडी बिना मानिसहरुको दैनिक जीवन नै नचल्ने भैसकेको छ । उनीहरु खानामा भन्दा गाडीमा धेरै खर्च गर्ने गर्छन् । अमेरिकी रोजगारीको १० प्रतिशत यो क्षेत्रले ओगटेको छ ।
आर्थिक रुपले कमजोर र काममा जानका लागि लामो दुरी तय गर्नुपर्ने मासिहरुका लागि भने अहिले पनि गाडी चढ्न गाह्रै छ । ‘तपाईं भविष्यमा कस्तो कार चढ्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा ‘पानीबाट चल्ने कार’ भनेर एक सामान्य मानिसले उत्तर दिने छन् । इन्धनको मूल्य अहिले विश्वभर चर्चाको विषयमा रहेको सबैभन्दा ठूलो मुद्दा हो । गाडीको आबिष्कार नभएको भए यो समस्या भने हुने थिएन ।
न् १९९० देखि एसयूभी गाडी लोकप्रिय हुन थालेको थियो, जुन अहिले पनि निरन्तर छ ।
अहिलको आधुनिक टिभी र इन्टरनेटको बिस्तारले मानिसहरुलाई घर बाहिर गइरहनु पर्ने कामबाट मुक्ति दिएको छ । इन्टरनेट मै सिनेमा हेर्न पाउँदा सिनेमा हल सम्म किन जानु ? मानिसहरु किराना र लुगाफाटा किन्ने, आधारभुत बैंकिङ गर्ने जस्ता कामहरु घरकै कम्प्युटरको सहायताले गर्न थालिसके । समाज प्रबिधिक रुपमा चुस्त हुँदैं गएपछि मानिसहरुलाई घरमै बस्ने धेरै कारणहरु फेला पर्दो रहेछ । तर, पनि यातायातको साधनको आवस्यकता भएसम्म गाडीको प्रयोग त भै नै रहनेछ ।
सुरक्षा प्रमुख चासो
अहिले गाडी उत्पादकहरु मुख्यतया सुरुक्षामा बढि केन्द्रित हुन थालेका छन् । गाडी जति विकसित हुन थाल्यो त्यति मानिसको सुरक्षामा बढि केन्द्रित हुनुपर्छ भन्ने अवधारणा विकास हुन थालेको छ । अमेरिकामा सिट बेल्ट लगाउनै पर्ने कानुन बनाए पश्चात् सन् २००१ मा मात्र १२ हजार मानिसको ज्यान जोगिएको बताइन्छ । यस्तै एयरब्याग, सेन्सर आदिले पनि धेरै ज्यान जोगाएको तथ्याङकले देखाउँछ । यस्ता सुरक्षा प्रविधिहरु बजारको माग अनुसारै थपिएका हुन् । अभिभावकहरु आफ्ना केटाकेटी सुरक्षित यात्रा गरुन् भन्ने चाहन्छन् । गाडी धेरै बेच्नका लागि सुरक्षा नै पहिलो सर्त हुन थालिसकेको छ ।
भारत सरकारलेपनि यही बवर्षबाट गाडीको सुरक्षमा विशेष कानुन निर्माण गरेर लागु गरेको छ । अब नेपाली सडकमा गुड्ने कारहरु पनि सुरक्षाको हिसावले पहिलेभन्दा केही सुरक्षित हुने विश्वास लिइएको छ ।
अहिले परम्परागत सेडान गाडी भन्दा अन्य प्रकारका गाडीहरु बढि चर्चित हुन थालेका छन् । सन् १९९० देखि एसयूभी गाडी लोकप्रिय हुन थालेको थियो, जुन अहिले पनि निरन्तर छ । एसयूभीले चालक र यात्रुहरुलाई फराकिलो र आरामदायी यात्रा गराउन सहयोग गर्छ । तर, यी गाडीले इन्धन भने धेरै खपत गर्छन् । इन्धन बढि जल्नु भनेको पर्यावरणका लागि पनि राम्रो कुरा होइन । जस्तासुकै गाडीले पनि पर्यावरणमा नकारात्मक असर त पारिनैहाल्छन् ।
मानिसहरु जलवायु परिर्वतनको मुद्दा नै अहिलेको सबैभन्दा ठूलो मुद्दा भएको महशुस गर्न थालेका छन् । प्रदुषणले नै यो अवस्था ल्याएको हो । र, यसले पृथ्वीमा स्थायी खाले नकारात्मक असर पार्न सक्छ । प्रदुषण गाडीहरुले पृथ्वीमा पु¥याएको नकारात्मक असर हो । इन्धनको दोहनले घातक उत्र्सजन गर्छ । अनावश्यक प्रदुषण नगर्ने सन्दर्भमा अमेरिकामा भने केही कानुनहरु बनिसके छन् ।
यसले अर्थतन्त्रको सबै क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । गाडी बिना मानव जीवन अब संभवत सजिलो छैन ।
भारतको जयपुर सहरमा गरिएको एक अध्ययनले ट्राफिक प्रहरीहरुमा श्वासप्रश्वास, पाचन, छाला र फोक्सो सम्बन्धी समस्याहरु देखिएका थिए । यसको एउटै कारण गाडीहरुले गर्ने घातक उत्र्सजन नै थियो ।
वातावरण मैत्री गाडी
अहिले पर्यावरण मैत्री गाडीहरु बन्न थालेका छन् । यी गाडीहरु इन्धनभन्दा उर्जाको अरु नै स्रोतबाट चल्छन् । बिजुली गाडी, फियूल सेल, सोलार पावर, हाइब्रिड र इथानल केही उदाहरण हुन् । पानीबाट चलने गाडीका बारे पनि कुरा हुन थालेका छन् । हाइब्रिड गाडी अहिले केही चर्चित छन् । मानिसहरु इन्धनको पैसा जोगाउन हाइब्रिड गाडी किन्न थालेका छन् । उनीहरुले बैकल्पिक उर्जाको प्रयोग गर्दा पृथ्वीको प्रकृतिक साधनस्रोतको क्षयिकरण नहुने र पर्यावरणमा नकारात्मक असर नपार्ने तथ्य बुझ्न थालेका छन् । पर्यावरणको खासै चासो नराख्ने मानिसहरुका लागि पनि बढ्दो इन्धनको मूल्यले विकल्पका बारे सोच्न बाध्य बनाएको छ ।
अमेरिकी समाजमा व्यक्तिगत स्वतन्त्रताको कडी
गाडीहरु ब्यक्तिगत बृद्धि र बिकासको सूचक हुन्, अमेरिकी समाजमा । अमेरिकी युवक १६ बर्ष पुगेपछि लाइसेन्स लिएर गाडी किनिहाल्ने संभावना धेरै हुन्छ । यो उनीहरुको ब्यक्तिगत स्वतन्त्रताको प्रतिक जस्तै भएको छ । तर, योसँगै जिम्मेवारीका कुराहरु पनि आउँछन्, सुरक्षित तवरले गाडी हाँक्नु, नियम मान्नु आदि ।
गाडीले अमेरिकी समाजलाई अन्य आबिष्कारले भन्दा धेरै नै असर पारेको देखिन्छ । समयको परिर्वतन र प्रवाहसँगै यो क्षेत्रले आफुलाई अगाडि बढाउनु पर्ने चुनौति छ । प्रत्यक बर्ष आरामदायी, सुरक्षित र पर्यावरणमैत्री गाडी बिकास गर्नुपर्ने चुनौति छ । सन् २०२५ सम्म बिश्वमा १ अर्ब कार गुड्ने अनुमान गरिएको छ ।
गाडीको आबिष्कारले अन्य धेरै आबिष्कारका लागि ढोका खोलेको छ । उदाहरणको लागि यसले मानिसहरुलाई खाना खान कति बेला पुग्नु भनेर सोच्नु भन्दा बढि के खाना खाने भन्नेमा केन्द्रित हुन सहयोग गरेको छ । अर्थात्, मुख्य कुरामा केन्द्रित हुन सहयोग गरेको छ । यसले अर्थतन्त्रको सबै क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । गाडी बिना मानव जीवन अब संभवत सजिलो छैन । र, गाडीमा आएका परिर्वतनहरु समाजका अन्य क्षेत्रमा पनि सरिरहेको देखिन्छ ।


