सन् २०२६ मा बजारमा आउँदै २० नयाँ एसयूभी

काठमाडौं । सन् २०२६ को कार बजार एसयूभीमय बन्ने देखिएको छ । यस वर्ष भारतीय बजारमा २० नयाँ एसयूभी आउने भएका हुन् ।

विभिन्न ११ ब्राण्डले २० वटा नयाँ मोडल बजारमा ल्याउने भएका हुन् । जसमा पेट्रोल र विद्युतीय दुर्व भर्सन रहेका छन् ।

आगामी वर्ष चर्चित अटोमोबाइल कम्पनीहरू महिन्द्रा, टाटा, हुन्डाई, रेनो, फस्क्सवागेन, निसान, टोयोटा, किया, एमजी, मारुतु सुजुकी लगायतले नयाँ एसयूभी ल्याउने भएका हुन् ।

टाटा र महिन्द्रा दुवैले ५/५ वटा नयाँ एसयूभी बजारमा ल्याउँदैन् । त्यस्तै, मारुती सुजुकीले दुइटा र किया, टाेयाेटा, रेनो, निसान, स्कोडा, फक्सवागेन, एमजी र हुन्डाईले एकएक नयाँ एसयूभी ल्याउने छन् ।

भारतीय बजारमा आउने धेरैजसो नयाँ एसयूभी नेपालमा पनि आउने छन् । अहिले ती कम्पनीहरूका उत्पादन नेपालमा बिक्री भइरहेकाले नयाँ एसयूभीहरू पनि आउने देखिन्छ ।

यी हुन् सन् २०२६ मा बजारमा आउने एसयूभीहरू

टाटा ले आगामी वर्ष ५ वटा एसयूभी ल्याउने भएको छ । जसमा ३ पेट्रोल र दुई ईभी रहेका छन् । टाटाले पेट्रोल भर्सनमा ह्यारीयर, सफारी र पंचको फेसलिफ्ट ल्याउँदै छ भने ईभीमा सियरा र पंचको फसलिफ्ट ल्याउने भएको हो ।

टाटाले गत साता मात्रै नयाँ पेट्रोल इन्जिनमा सार्वजनिक गरेको ह्यारियर र सफारी २०२६ देखि बिक्रीमा आउने छ । कम्पनीले यसअघि डिजेल इन्जिनमा उपलब्ध दुवै एसयूभीलाई पेट्रोल भर्सनमा पनि बजारमा उतारेको हो । दुवै एसयूभीमा १.५ लिटरको टर्बो पेट्रोल हाइपरियोन इन्जिन छ । टाटाको नयाँ ह्यारियर र सफारीमा दिएको टर्बो चान्र्ड पेट्रोल इन्जिनले १७० पीएस पावर र २८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ६ स्पीडको म्यानुअल र ६ स्पीडको अटोमेटिक गियर अप्सन रहको छ ।

टाटाले सियरा ईभीमा कर्भ ईभी र ह्यारीयर ईभीम प्रयोग भएको ५५ र ६५ किलोवाट आवरको दुईब्याट्री अप्सन दिने अनुमान गरिएको छ । टाटाको सियरा ईभी रियरह्वील र अलह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टाटा मोटर्सले रोडटेस्ट गरिरहेको सियरा ईभीको फ्रन्टमा क्लोज ग्रिल डिजाइनको साथमा फुलविथ वारवार एलईडी डीआरएल रहेको छ । स्प्लीट हेडल्याम्प, डार्क कलरको बम्पर, फ्रन्ट स्कीड प्लेटले सियरा ईभीलाई म्याचो लुक्स दिएको छ ।

टाटाले पंच आइसीईको इन्टेरियर र एक्सटेरियरमा ठूलो परिवर्तन गरी फेसलिफ्ट ल्याउने छ । पंच ईभी भने सामान्य परिवर्तन भएर आउने छ ।

महिन्द्राले अगामी वर्ष ५ नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले एक्सयूभी ७०० को फसलिफ्ट मोडल एक्सयूभी सेभेन एक्सो, स्कर्पियो एन फेसलिफ्ट, एक्सयूभी थ्रीएक्सओ ईभी, थार फेसलिफ्ट र भिजन एस अन्तर्गत सबफोर मिटर एसयूभी ल्याउने भएको हो ।

महिन्द्रा एक्सयूभी सेभेन एक्सओमा नयाँ फेसियाको साथै पहिलो पटक ट्रिपल स्क्रिन ड्यासबोर्ड सहितको पूर्ण नयाँ इन्टेरियर रहने छ । यो २.२ लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ ।

त्यस्तै, महिन्द्रा भिजन एस अन्तर्गत सब फोर मिटरको नयाँ एसयूभी ल्याउने । अहिले यो एसयूभी भारतका विभिन्न सडकमा परीक्षण भइरहेको छ । यो भिजन टी, भिजन एक्स र भिजन एसएक्सटी भन्दा पहिले लन्च हुनेछ ।

कियाले नयाँ वर्षको सुरूआतमै दोस्रो जेनेरेसनको किया सेल्टोस ल्याउँदै छ । यो एसयूभी सार्वजनिक भइसके पनि आधिकारिक बिक्री सुरू भएको छैन । किया इन्डियाले जनवरी २ तारिखदेखि आधिकारिक बिक्री सुरू गर्दैछ । कियाले न्यू जेन सेल्टोसलाई सेगमेन्टको सबैभन्दा लामो बनाएको छ । जसमा चौडाइ र ह्वीलबेसमा पनि ठूलो बम्प छ । त्यस्तै, इन्टेरियरमा पनि केही परिवर्तन गरेको छ ।

मारुति सुजुकी ब्रेजा फेसलिफ्ट ल्याउने छ । हाल परीक्षण भइरहेको यो एसयूभीमा बाहिरी डिजाइन खासै परिवर्तन नहुने भए पनि फिचरहरू थपिएर आउने छ । त्यस्तै, मारुतीले यसअघि सार्वजनिक गरिसकेको ई भिटाराको आधिकारिक बिक्री सुरू गर्नेछ ।

एमजीले म्याजेस्टर एसयूभी ल्याउने भएको छ । अटो एक्स्पो २०२५ मा प्रदर्शन गरिएको यो एसयूभी २०२६ मा लन्च हुने अनुमान गरिएको छ । म्याजेस्टर नयाँ डिजाइन ल्याङग्वेजसहित इन्टेरियरमा परिवर्तन भएर आउने छ ।

त्यसैगरी, हुन्डाईले मारुती सुजुकीको फ्रोन्क्सको प्रतिस्पर्धी नयाँ एसयूभी ल्याउने भएको छ । हालसम्म उक्त एसयूभीको नाम खुलाइएको छैन । यो १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा आउने अनुमान छ ।

त्यस्तै, रनोले न्यू जेन डस्टर, निसानले टेकटन, फक्सवागेनले टाइगुन, स्कोडाले कुशक फेसलिफ्ट, टोयोटाले अर्बन क्रूजर ईभी ल्याउने छ ।


Back_to_top