पोखरामा संचालनमा आयो सीएफमोटोको नयाँ थ्रीएस आउटलेट

पोखरा । प्रिमियम मोटरसाइकल ब्राण्ड सीएफमोटोले पोखरामा आफ्नो नयाँ थ्रीएस आउटलेट संचालनमा ल्याएको छ ।

सीएफमोटो नेपालका आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरलेले देशभर आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्ने क्रममा पोखरामा थ्रीएस आउटलेट संचालनमा ल्याएको हो।

साथै, पर्यटकीय राजधानी पोखरामा प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलको माग बढिरहेकाले यस क्षेत्रमा सीएफमोटोको उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ आउटलेट संचालनमा ल्याइएको हो।

पोखराको आउटलेट हिमालयन अटो नेक्सस प्रालिले संचालन गर्नेछ । नयाँ थ्रीएस आउटलेटबाट ग्राहकले टेस्ट राइड, नयाँ मोटरसाइकलको बिक्री, नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युएइन स्पेर पार्ट्स र आफ्टर सेल्स सर्भिस प्राप्त गर्न सक्नेछन्।

नयाँ थ्रीएस आउटलेट मार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूले सीएफमोटोका मोटरसाइकलहरूको बिक्री, आधिकारिक सर्भिस तथा स्पेयर पाट्र्स सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

यसले ग्राहकलाई खरिदपछिको सेवा अझ सहज, व्यवस्थित र भरपर्दो बनाउने कम्पनीको अपेक्षा छ । साथै, सीएफमोटो राइडरहरूलाई आवश्यक बिक्रीपछिको सेवा, जेन्युइन स्पेयर पार्ट्स तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराई उनीहरूको यात्रामा थप आत्मविश्वास र भरोसा प्रदान गर्नुरहेको छ।

सीएफमोटोले नेपालमा विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। सीएफमोटोका लोकप्रिय मोडलहरूमा २५० डुअल, ४५० एमटी, ४५० सीएल, सी बब्बर, ४५० एसआरएस लगायत छन् ।

पोखरामा आउटलेट उद्घाटनको मोटरसाइकल खरिदमा २० हजार रुपैयानँसम्म नगद छुट र निःशुल्क फ्री हेल्मेट, ह्याण्डगार्ड दिएको छ । साथै, २५० डुअलमा ५ वर्षको इन्जिन वारेन्टी र न्यूनतम ४० प्रतिशत डाउन पेमेन्टमै मोटरसाइकल किन्न सक्ने सुविधा दिएको छ ।

सीएफमोटो नेपालले आगामी दिनमा पनि देशका प्रमुख शहरहरूमा आफ्नो सेल्स, सर्भिस र स्पेर पार्ट्स नेटवर्कलाई थप विस्तार गर्दै ग्राहकको पहुँच र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्ने जनाएको छ।


Back_to_top